Loading...

अण्डा खाएर धेरै फाइदा लिनुहोस् : सावधान ! एक्सपाएर डेट पनि जानौं

9:57 AM

Loading...


मिडिया एनपी, काठमाडौं । अण्डा पोष्टिक तत्वले भरिएको हुन्छ । यसले शरीरका लागि आवश्यक सबै पोष्टिक तत्व दिन्छ । यसले तौललाई समेत सन्तुलन राख्ने काम गर्छ । यसर्थ खाजामा अण्डा प्रयोग गर्दा राम्रो हुन्छ । अण्डा पनि तीन आकारमा रहेका हुन्छन् । यसर्थ भोकको अवस्था हेरेर खान सकिन्छ । जति ठूलो अण्डा खायो त्यत्तिनै बढी प्रोटिन र मिनरल्स शरीरले प्राप्त गर्छ ।



पोष्टिक तत्वले भरिपूर्ण

विभिन्न अनुसन्धानले अण्डा एक स्वस्थ आहारा हो । यसमा भिटामिन ‘ए’, ‘डी’ ‘बी१२’ सहित रिबाफ्लेविन, फोस्फोरस लगायतका तत्व पाइन्छ । यी तत्वहरु शरीरका लागि फाइदाजनक हुन् जसले दिमाखलाई मजबुद बनाउँछ ।

तौललाई सन्तुलन राख्छ

तौललाई सन्तुलनमा राख्न अण्डा खानु निकै फाइदा र उपलब्धीमूलक छ । अण्डा खाएसँगै भोक पनि लाग्दैन । एउटा अण्डामा ७० क्यालोरी र ६ ग्राम प्रोटिन हुन्छ ।

प्राटिन पनि हुन्छ

अण्डाको सेतो भागमा अल्ब्यूमिन नामक प्रोटिन तत्व भरपुर मात्रामा पाइन्छ । यो तत्व बिहानको समयमा शरीरलाई निकै आवश्यक पर्छ । यसर्थ दैनिक नास्तामा अण्डाको खाने गरे शरीरलाई भरपुर मात्रामा प्रोटिन प्राप्त गर्छ । यसले दिभर शरीरमा ऊर्जा दिइरहन्छ ।

भिटामिन ‘डी’

क्याल्सियमको साथ साथै भिटामिन डी पनि हड्डीलाई मजबुद बनाउन मद्दत गर्छ । हाम्रो शरीरलाई भिटामिन डी सूर्यको किरण तथा केही आहाराबाट प्राप्त हुन्छ । यस मध्ये अण्डाबाट पनि भिटामिन डी बाट भरपूर मात्रामा प्राप्त गर्न सकिन्छ ।

ताजा अण्डा खानुस्

अण्डाको पनि उपभोग्य समय (एक्सपाएर डेट) हुन्छ । कुखुरा फार्मबाट बाहिर निकालिएको तीन हप्ता भित्र अण्डा खाइसक्नु फाइदाजनक हुन्छ । अण्डा अण्डालाई कोल्डस्टोरमा राख्नु पर्छ । नत्र धेरै समयसम्म बाहिरको तापक्रममा अण्डा राखे पोष्टिक तत्व नष्ट हुन्छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71