छुट्टिने भए सबैभन्दा चर्चित जोडी एन्जोलिना र ब्राड पिट - read more news
11:11 PM
Loading...
काठमाडौँ, ५ असोज - एन्जोलिना जोली र ब्राड पिट अलग हुने भएका छन्।
हलिवुडको सबैभन्दा चर्चित जोडीको रुपमा रहेका एन्जोलिना र ब्राडले अलग हुने निर्णय गरेका हुन्। एन्जोलिनाले ब्राडसँग सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको उनका वकिलले बताएका छन्। एन्जोलिनाले सोमबार सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको वकिल रोबर्ट अफरले बताएका छन्।
परिवारको हितका लागि एन्जोलिनाले अलग हुने निर्णय गरेको अफरले बताए। एन्जोलिना यसविषयमा केही बोल्न नचाहेको र परिवारको गोपनियतालाई ख्याल गरिदिन अफरले जारी गरेको वक्तव्यमा आग्रह गरिएको छ।
एन्जोलिना र ब्राड सन् २००४ देखि सँगै छन्। तर उनीहरुले सन् २०१४ को अगस्टमा एक निजी समारोहमा विवाह गरेका थिए। यो ब्राडको दोस्रो तथा एन्जोलिनाको तेस्रो विवाह हो। एन्जोलिना र ब्राड सेप्टेम्बर १५ मा औपचारिक रुपमा छुट्टीले अमेरिकी वेब साइट टिएमजेडले जनाएको छ। एन्जोलिनाले आफ्ना ६ छोराछोरी आफ्नो साथमा रहनु पर्ने माग गरेकी छन्। एजेन्सी
0 comments