Loading...

११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता -

6:44 AM

Loading...
काठमाडौँ, १२ असोज - काठमाडौँ महानगरपालिकाभित्र रही सञ्चालन हुँदै आएका ११ वटा चलचित्र घरले मनोरञ्जन कर नतिर्दा रु २५ लाख बक्यौता बाँकी छ ।

हालसम्म काठमाडौँ महानगरपालिकाअन्तर्गत रही सञ्चालन भएका चलचित्र घर ११ वटा छन् । तीमध्ये छ वटाको आफ्नै भवन रहेको छ भने पाँच वटा भाडाका रहेका छन् । सञ्चालित सबै चलचित्र घरले मनोरञ्जन कर नतिर्दा यतिधेरै बक्यौता बाँकी रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख ध्रवकुमार काफ्लेले जानकारी दिनुभयो ।

“चलचित्र घरले हालसम्म कर तिरेका छैनन्,” उहाँले भन्नुभयो । अब केही दिनभित्रमा कर नतिरे कानुनी प्रक्रिया अघि बढाउने राजस्व महाशाखाले तयारी गरेको छ । कर नतिर्ने चलचित्र घरको सुविधा कटौती गर्दै लगिने, मालपोत रोक्ने, बैंक खाता रोक्का गर्ने जस्ता कारबाही गरिने छ ।

चलचित्र घरमा टिकट बिक्री हुने बित्तिकै प्रति टिकट मूल्यको दुई प्रतिशतका दरले मनोरञ्जन कर तिर्नुपर्ने प्रावधान छ । महानगरपालिकाले २०५६ सालदेखि चलचित्र घरको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरञ्जन कर लिन थालेको हो ।

मूल्य अभिवृद्धि कर लागू भएपछि मनोरञ्जन कर हटेको भन्दै चलचित्र घरले सो कर तिर्न आनाकानी गरेको काफ्ले बताउनुहुन्छ । तर स्थानीय स्वायत्त शासन कर नियमावली अनुसार मनोरञ्जन कर लिने व्यवस्था रहेकाले उक्त शीर्षकको कर कुनै पनि हालतमा तिर्नुपर्ने उहाँको भनाइ छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71