Loading...

अध्यक्ष ओलीले आक्रामक हुँदै भने: कांग्रेस टन्न खाएर निदाएको बाघ हो, यो सुतेको हो की जागेको हो थाहै हुँदैन

5:15 AM

Loading...
काठमाडौं, ०९ असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई टन्न खाएर निदाएको बाघको संज्ञा दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओली आक्रमक हुँदै कांग्रेसलाई शिकार गरी टन्न खाएर निदाएको बाघको संज्ञा दिएका हुन् ।

कार्यक्रममा बोल्दे ओलीले भने – ‘कांग्रेस चुपचाप छ, आरामसँग बसिरहेको छ केही भएको छैन जस्तो । बाघले कुनै शिकार भेट्टायो भने टन्न खान्छ र खुट्टा पसारेर बस्छ । कांग्रेसले के शिकार गर्‍यो, के पायो कुन्नी खुट्टा पसारेर बसेको छ ।’

अर्को प्रसँगमा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सफल हुनै नस्कने बताउँदै भारत भ्रमणबाट उल्टै मुलुक संकटतर्फ धकेलिएको आरोप समेत लगाए ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71