Loading...

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, १३ को सनाखत, १३ जना घाइतेलाई काठमाडौं ल्याइयो

4:19 AM

Loading...
काठमाडौं, ११ असोज । धादिङको मार्पाक–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

दुर्घटनामा २० जनाभन्दा बढि घाइतेको भएका छन्। घाइते मध्ये १३ जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

उनीहरुलाई त्रिबि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा राखेर उपचार गराइएको छ ।
बा ३ ख ३३१८ नं को बस दुर्घटनामा परेको हो ।

पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको छ । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

मृतकमध्ये १३ जनाको सनाखत भएको छ। दुर्घटनामा परी सत्येदेवी–२ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनका पाँच वर्षीयको मृत्यु भएको छ।

यसैगरी सत्येदेवी–३ का तिलबहादुर तामाङ, री गाउँ विकास समिति–८ का चन्द्रमान तामाङ, वडा नम्बर ८ कै मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दीलकुमारी पौडेल र उनकी छोरी कमला पौडेलको पहिचान खुलेको छ।

त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71