इजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको निधन
4:49 AM
Loading...
दुई साता अघिदेखि सिकिस्त विरामी हुनुभएका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार विहान ०३ बजे निधन भएको पेरेजका छोरीज्वाइँ रफी वालडेनले जानकारी दिनुभयो ।
पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बन्नुभएको थियो भने जीवनको उत्तरार्धसम्म पनि राजनीतिकरुपमा क्रियाशिल हुनुहुन्थ्यो ।
प्यालेस्टिनीसँंग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
उहाँको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओवामाले शान्तिका लागि सधैभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उहाँलाई स्मरण गर्नुभएको छ ।
“विश्वमा पेरेजजस्ता सीमित मान्छे छन्, जस्ले विश्वलाई नै परिवर्तनको वहाक बनेर मानव इतिहासमा ठुलो योगदान गर्नुभएको छ । उहाँ हाम्रो शक्ति र नैतिकताका श्रोत पनि हुनुहुन्छ ।” ओवामाले वक्तव्यमा भन्नुभएको छ ।
अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गर्नुभएको छ ।
इजरायलकै प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गर्नुभएको छ भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले इजरायलको इतिहासका प्रतिक भएकाले कहिल्यै भुल्न नसक्ने बताउनु भएको छ ।
पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गर्नुभएको थियो । रासस/एएफपी

![]() |
0 comments