Loading...

मोरङमा चोरले पत्र छोडेर भन्यो "मलाई नखोज्नु सर आमाको उपचारका लागि पैसा चोरेँ, दुई वर्षपछि फिर्ता गर्छु" :: पुरा पढ्नुहोस् >>

11:55 PM

Loading...
असोज-१३, मोरङमा एक नयाँ चोर भेटिएको छ । अरु चोर कसैले थाहा नपाउन भनेर चोरी गरेर भाग्छन् । तर, यो चोरले भने एक लाख २० हजार चोरी गरेर पत्र लेख्दै चोर नखोज्न आग्रह गरेको छ । मोरङको इटहरा ७ मा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयमा राखिएको एक लाख २० हजार रुपैयाँ चोरी गर्दै चोरले यस्तो आग्रहसहितको पत्र छोडेको हो ।



चोरले लेखेको पत्रमा आमा बिरामी भएकाले पैसा चोरेको प्रष्टसँग लेखिएको छ । उसले कसले पैसा चोरी गरेको हो भनेर खोजी नगर्न समेत आग्रह गरेको छ । पत्रमा भनिएको छ, ‘सरी सर, मेरी आमा लामो समयदेखि बिरामी भएकाले मैले पैसा चोरी गर्नु परेको हो । कसले चारेको हो भनेर खोजी नगर्नु होला ।’ चोरले पत्र मार्फत् नै चोरी गरेको पैसा आमाको निको भएपछि दुई वर्षपछि फिर्ता गर्ने समेत उल्लेख गरेको छ ।

चोरले पैसा फिर्ता गर्ने कुरा उल्लेख गर्नु आफैँमा अचम्मको विषय हो । पत्रमा थप लेखिएको छ, ‘यो पैसा दुई वर्षपछि फिर्ता गरिदिन्छु ।’ चोरले पत्र छोडे पनि उसको व्यक्तिगत विवरण भने उल्लेख गरेको छैन् मोरङ प्रहरीले चोरको खोजी भइरहेको जनाएको छ । अक्षरका आधारमा चोरको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71