Loading...

सिरिया घट्नामा अमेरिकाले रुसलाई लगायो यस्तो आरोप - read more news

11:19 PM

Loading...


काठमाडौं, ५ असोज - अमेरिकाले सिरियाको राहत सामग्री बोकेको ट्रक आक्रमणमा रुस जिम्मेवार भएको आरोप लगाएको छ।

सिरियाको एलेप्पो शहरमा राहत सामग्री बोकेको ट्रकमा सिरियाली सेनाले आक्रमण गर्दा एक रेडक्रस अधिकारीसहित २० जना मारिएको घटनाप्रति अमेरिकाले खेद प्रकट गर्दै रुसलाई जिम्मेवार ठहराएको हो।

रुसले भन्ने घटनामा आफनो संलग्नता अस्वीकार गर्दै आएको छ। यता, राष्ट्रसंघले भने सिरियामा सहायता सामग्री पुर्‍याउने जिम्मेवारी पाएका सबैलाई निलम्बन गरेको छ।

एलेप्पोमा मानवीय सहायता सामग्री बोकेर गएका ट्रकमा आक्रमण गरिएपछि त्यसको जिम्मा पाएका सबै निलम्बनमा परेका हुन्। सहायता सामग्री लिएर एलेप्पो जान टर्कीको सीमा क्षेत्रमा सहायता सामग्री बोकेर रहेका ३१ मध्ये १८ ट्रक क्षतिग्रस्त भएका छन् । एजेन्सी

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71