Loading...

विद्यार्थीले क्रान्तिकारी भन्दा पनि विद्रोही हुनुपर्छ: सञ्चारमन्त्री राम कार्की - read more news

1:00 AM

Loading...


काठमाडौं, ५ असोज- सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमा आएको बताउनुभएको छ ।

दोस्रो उपत्यकास्तरीय अन्तर कलेज क्रान्तिकारी फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – गणतन्त्रको संस्थागत विकासका लागि विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

मन्त्री कार्कीले देशमा प्रजातन्त्र र गणतन्त्र आइसकेको भनेर ढुक्क नरहन विद्यार्थीलाई आग्रह गर्दै उनीहरुलाई मुलुकको विकास र समृद्धिमा लाग्न अह्वान गर्नुभयो ।

विद्यार्थी क्रान्तिकारी भन्दा पनि विद्रोह स्वभावको हुनुपर्नेमा जोडदिदैं उहाँले विद्यार्थी जहिले पनि आफ्नो अधिकारका लागि सत्ता र शक्तिका विरुद्ध लड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला कमिटी काठमाडौंको आयोजनामा भएको प्रतियोगितामा उपत्यकाका ३४ क्याम्पसको सहभागिता रहेको क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउदले जानकारी गराउनुभयो ।
प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने छ । रासस

 

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71