Loading...

बहराइनमा ज्यान गुमाएका ५ नेपालीले पाए करिब ३ करोड क्षतिपूर्ति news update

9:39 PM

Loading...
बहराइन, २ असोज - बहराइनमा ज्यान गुमाएका पाँचजना नेपालीका परिवारले क्षतिपूर्ति पाएका छन्।



गएको वर्ष ज्यान गुमाएका पाँचजनाको परिवारले क्षतिपूर्ति वापत दुई करोड ९९ लाख ७२ हजार दुई सय २७ रुपैयाँ पाएका हुन्।

गएको वर्ष ज्यान गुमाएका मध्ये गएको पाँचजना नेपालीको परिवारले बहराइनका लागि नेपाली दूतावास मनामाको पहलमा मृतकका परिवारले यो क्षतिपूर्ति पाएका हुन्। त्यसरी क्षतिपूर्ति पाउनेमा कपिलवस्तुका सुरेन्द्रप्रसाद कोहार, स्याङ्जाका चित्रप्रसाद सुनुवार, धनुषाका विजय कुमार शाह, सुनसरीका विन्देश्वर मोची, र स्याङ्जाका भोजबहादुर थापाको परिवार रहनु भएको छ।

कोहारको परिवारले ६ हजार दुई सय ५५, सुनुवारको परिवारले २२ हजार ९ सय ९३, शाहको परिवारले २६ हजार ६ सय ९७, मोईको परिवारले १४ हजार ९ सय ९० र थापाको परिवारले १७ हजार ९ सय ९० बहराइन दिनार पाएका हुन् । ब्लडमनी तथा स्थानीय रुपमा कम्पनीले गरिदिएको बिमा बापतको क्षतिपूर्ति पाएका हुन्।

त्यसरी पाएको क्षतिपूर्ति रकम नेपाल पठाइसकिएको र परराष्ट्रले सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत मृतकका परिवारलाई उपलब्ध गराउने दूतावासका सहचारी अमृत लोप्चनले जानकारी दिए।

बहराइनमा ज्यान गुमाएकामध्ये अहिले पाँचजनाको परिवारले क्षतिपूर्ति पाए पनि मृतक अन्य ७ जनाको बारे भने दूतावासले पहल गरिरहेको लोप्चनले बताए।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71