Loading...

बन्धनमुक्त अमितको निःशुल्क उपचार हुँदै

9:53 PM

Loading...
इनरुवा, २० असोज - सुनसरी जिल्ला औरावनी–९ का अमित साहले आठवर्षे कष्टकर जीवनबाट छुटकारा पाएका छन् ।

बाइस वर्र्षीय मानसिक रोगी अमितलाई परिवारले आठ वर्षयता सिक्रीमा बाँधेर राख्दै आएको समाचार राष्ट्रिय समाचार समिति (रासस) बाट प्रकाशन भएपछि अमितका लागि सहयोगी हातहरु जुट्न थालेका थिए ।

अमितको विषयमा समाचार प्रकाशन भएपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले उनको उद्धार गरेको हो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार गराउन नसकी सिक्रीमा बाँधेर राखिएका अमितको उद्धारका लागि आयोगका क्षेत्रीय संयोजक झन्कारबहादुर रावलसहित इन्सेक पूर्वाञ्चल संयोजक सोम थापा, साझा सवालका लागि साझा मञ्च (कोकन)की मञ्जिता उपाध्याय र पहल समूहका प्रतिनिधि बुधबार औरावनी पुगेका थिए ।

टहरोभित्र बाँधिएका मानसिक रोगी अमितलाई उनको परिवारको सहमतिमा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको आयोगका पूर्वाञ्चल संयोजक रावलले बताउनुभयो ।

अमितको उपचार हुने भएपछि परिवार तथा आफन्तहरु खुसी भएका छन् ।

अमितसँगै मधेलीका अर्का मानसिक रोगी सकिल मोहम्मदलाई समेत आयोगको टोलीले उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । रासस -

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71