रुपन्देही २२ असोज -वडादशै नजिकिदै गर्दा यस क्षेत्रबाट सर्वसाधरण बाहिरिने क्रम बढेको छ । घटस्थापना बाटै सर्वसाधरणहरु बाहिरिने क्रम बढेपनि पछिल्लो दुई दिन यता सर्वसाधरणहरु बुटवल छाडेर जाने हरुको जमात अत्याधिक बढेको हो । बुटवलबाट पहाडि जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाचीका साथै स्याङजा जिल्लामा सर्वसाधरणहरु जाने क्रम बढेको बताइएको छ । अन्य समयको तुलनामा भन्दा वडादशैको अवसरमा पश्चिम नेपाल बस व्यवसायी संघले ३० प्रतिशत थप सवारीहरु चलाउदा पनि यात्रुहरुले भने सहज रुपमा यात्रा गर्न पाएका छैनन् । त्यस बाहेक अन्य यातायात सम्बद्ध संस्थाहरु मार्फत सञ्चालनमा आएका सावरी बाट पनि यात्रुहरु बुटवलबाट बाहिरिएका छन् ।
शुक्रबार र शनिबार मात्रै बुटवलबाट करिव ७० हजार सर्वसाधरणहरु बुटवलबाट बाहिरिएको बताइएको छ । रोजगारको सिलसिलामा भारत गएका तथा कामकाजीका लागि रुपन्देहीमा रहेका सर्वसाधरणहरु दुई दिनको अवधिमा करिव ७० हजार जना बुटवलबाट जन्मघर गएका हुन ।
दैनिक रुटमा सञ्चालनका साथै अतिरिक्त सवारीहरु थप गरी यात्रुहरु पठाउदा समेत यात्रुहरुको भिड भने अत्याधिक बढेको छ । काठमाडौं हुदै बुटवल आएकाहरु जन्मघर जानेहरुको लर्को बुटवलको बसपार्कमा यतिबेला देख्न सकिन्छ । यस क्षेत्रको ठुलो संस्था पश्चिम नेपाल बस व्यवसायी संघले काठमाडौं सहित पहाडि जिल्लाहरुमा सवारी थप गरी यात्रुहरु लैजाने काम गरिरहेको भएपनि अझै प्रयाप्त भने हुन सकेको छैन । पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जिवन कुमार बञ्जाडेले दुई दिनको अवधिमा बुटवलबाट विभिन्न सवारी साधन मार्फत ७० हजार बढि सर्वसाधरणह बुटवलबाट बाहिरिएको बताउनुभयो ।
संघले अतिरिक्त ३० प्रतिशत सवारी साधन थप्दा समेत यात्रुहरुको भिडमा कम नभएको महासचिव बञ्जाडेको भनाई छ । संघ मार्फत मात्र अहिले पाल्पा, गुल्मी र अर्घाखाचीमा मात्र दैनिक १ सय ६५ भन्दा बढि सवारी साधन पठाइएको बताइएको छ ।
संघ मार्फत सञ्चालनमा आएका सवारी बाट मात्र विहिबार बुटवलबाट करिव १५ हजारको संख्यामा सर्वसाधरणहरु बुटवल बाट बाहिरिएका छन् । संघले पाल्पा जिल्लामा जाने यात्रुको चाप बढेपछि प्रत्येक १५÷१५ मिनेटमा सवारी साधन पठाउने गरेकोमा अहिले विहान ५ बजे देखि साझ ६ बजे सम्म १०÷१० मिनेटको अन्तरमा सवारी पठाइएको बञ्जाडेको भनाई छ । काठमाडौंमा रुटमा अहिले दैनिक २५ सवारी थप भएको समेत उहाले बताउनुभयो । “काठमाण्डौमा यात्रुहरुको चाप बढेपछि आज हामीले २५ वटा थप गरेर सवारी पठाएको छौ बञ्जाडेले भन्नुभयो–अहिले रात्री, दिवाकालीन र थप गरी दैनिक काठमाडौंमा बाट १ सय सवारी बुटवल र भैरहवाका लागि आउने गरेका छन् ।
विगतका बर्षहरुमा स्कुल, कलेज, सरकारी कार्यालयहरु घटस्थापनामै विदा हुने र गाउ जानेहरु घटस्थापनाबाटै जाने गरेपनि अहिले फुलपातीको अगाडि मात्र विदा हुने हुदा सवारी व्यवस्थापनमा पनि कठिनाई भएको उहाको भनाई छ । सवैको विदा फुलपातीमा भएपछि सवारी व्यवस्थापन, चालक व्यवस्थापनमा कठिनाई भएको छ, बञ्जाडेले भन्नुभयो–चालकहरुको समेत अहिले अभाव भएको छ ।
त्यस बाहेक अन्य समितिका सवारी मार्फत जानेहरुको संख्या पनि अत्याधिक रहेको बताइएको छ । सिद्धार्थ यातायात, गुल्मी यातायात, श्रीनगर यातायात देउराली यातायात लगाएका यातायात सम्बद्ध संस्थाहरुले सञ्चालन गरेका सवारीसाधनहरु बाट पनि यात्रुहरु बुटवलबाट बाहिरिने क्रम बढेको सम्बन्धित संघसंस्थाले बताएका छन् । यता पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलले संयुक्त रुपमा दशैको अवसरमा चाडपर्व लक्षित सुरक्षा योजनामा तथारुकताका साथ लागेका छन् । बसपार्कमा आउने यात्रुहरु नठगिनका साथै सम्भावित हुन सक्ने चोरीलाई मध्ये नजर गर्दै प्रहरीले सादा पोशाकमा ठुलो संख्यामा प्रहरी खटाएको समेत बताएको छ ।
0 comments