Loading...

‘घर जान गाडीको टिकट नै पाइएन’

10:39 PM

Loading...


काठमाडौं, १८ असोज । धनगढीका दुर्गा कापडी बसको टिकटका लागि तीन दिनदेखि नयाँ बसपार्क धाएको धायै छन् । त्यहाँका कर्मचारीलाई सोध्छन्, ‘टिकट पाइन्छ ?’ । दैनिक एउटै जवाफ आउँछ, ‘बुकिङ भइसक्यो ।’

‘व्यवसायीले टिकट बुकिङ खुल्ला गरेको हल्ला त गरे तर कसका लागि हो थाहा भएन,’ उनले भने, ‘तीन दिन धाइसकें छैन भन्छन्, सरकारसँग ‘बार्गेनिङ’ गर्न टिकट लुकाएर राखेका छन् । यो यात्रुलाई दु:ख दिने नियत हो ।’ नयाँ बसपार्कमा भेटिएका यात्रुहरूको एउटै चिन्ता छ, ‘टिकट पाइँदैन कसरी घर जाने ? यसपालिको दसैं घर जान पाइँदैन कि भन्ने लागिसक्यो ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ‘टिकट लुकाएर सरकारसँग बार्गेनिङ गर्न खोजेको’ भन्ने आरोपमात्र भएको दाबी गरे । ‘वास्तवमा टिकट बुकिङ भइसकेका छन्,’ उनले भने, ‘बार्गेनिङ गरेको भन्ने हल्लामात्र हो ।’ दशैंलाई ध्यान दिँदै यात्रुको सुविधाका लागि थप सवारी साधन व्यवस्था गरिसकेको उनले बताए ।

सहज रूपमा टिकट नपाएको गुनासो बढेपछि व्यवसायीले काठमाडौंबाट बाहिरिने यात्रुका लागि थप सवारी साधनको व्यवस्था गरेको सिटौलाले जानकारी दिए । उपत्यका ट्राफिक प्रहरी महाशाखा अनुसार सोमबारदेखि २ सय ३० बस थपिएका छन् । त्यसका साथै मिनीबस तथा माइक्रो बस पनि थपेको सिटौलाले बताए ।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका डीआईजी प्रकाश अर्यालले यसअघि दैनिक ८ सय बस उपत्यकाबाट बाहिरिने गरेको बताए । ‘यात्रुहरूले अब सहजै टिकट पाउँछन् होला, यदि अझै अभाव भए थप बसको व्यवस्था व्यवसायीले गर्नुपर्छ,’ डीआईजी अर्यालले भने, ‘१ हजार ३० वटा बसले पुग्छ होला, नपुगेको जसरी पनि थप्छन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71