Loading...

यसरी मनाउँदै छन् यी कलाकारले दसैँ

8:59 PM

Loading...
काठमाडौँ । हिन्दुहरूको महान् चाड दसैँ हाम्रो आँगनमा आइसकेको छ । यो चाडमा धेरैले सपिङ तथा अन्य योजना बनाउँदै होलान् ? हाम्रा कलाकार कसरी मनाउँदै छन् त दसैँ ?
sanchita lutel
यसपालि स्वदेशमै मनाउँछु
विराज भट्ट
विगतका केही वर्ष दसैँका वेला इन्डियामा थिएँ । त्यसकारण दसैँ मिस भयो । यसपालि भने काठमाडौंमै छु । दसैँमा परिवारसहित गाउँ (धनगढी) जाने सोच पनि छ । कुनै कारणवश जान सकिनँ भने काठमाडौंमै हुन्छु ।

यसपालि मलाई निकै खुसी लागेको छ । आफ्नो देशमा आफन्तका साथ दसैँ मनाउँदै छु । इन्डियामा दसैँलाई यहाँजस्तो महत्व दिइँदैन । त्यसकारण यो दसैँ मेरा लागि विशेष हँदै छ । सबै नेपाली दर्शकलाई दसैँको शुभकामना व्यक्त गर्दछु ।

घरमै आराम गर्छु
अनु शाह
मलाई दसैँ रमाइलो त लाग्छ । तर, दसैँमा यही गर्छु भन्ने प्लान भने बनाएकी छैन । बाबामम्मीको हातबाट टीका लगाउने, आशीर्वाद लिने गर्छु । यसपालि दसैँमा मामाघर (पोखरा) जाने सोच बनाएकी छु । हेरौँ, समयले साथ देला कि नदेला ! मलाई दसैँमा पिङ खेल्ने, तास खेल्ने बानी कहिल्यै लागेन । चार महिनायता भेजिटेरियन भएकी छु । त्यसैले निकै सामान्य तवरले मनाउने विचार गरेकी छु । आफन्त धेरै भए पनि टीका लगाउन धेरै ठाउँ जादिनँ । अरू वेला त्यति फुर्सद नहुने भएकाले दसैँमा भने घरमै आराम गर्छु ।

खुलेरै मनाइन्छ दसैँ
आयुष रिजाल
हिन्दू धर्मावलम्बीको महान् पर्व दसैँ म जमेर मनाउने गर्दछु । गत वर्ष बुबाको स्वार्गारोहण भएका कारण दसैँ मनाइएन । यसपालिको दसैँमा भने घरै (धादिङ) गइन्छ । घरपरिवार, आफन्त, साथीभाइसँग भेटघाट रमाइलो हुन्छ । अरू वेला गाउँ जान भ्याइँदैन पनि । तर, दसैँमा भने जसरी भए पनि घर जाने गरेको छु । गाउँमा पिङ खेल्ने, ठूलाबडाको हातबाट टीका लगाएर प्रगति र शान्तिको आशीर्वाद लिने गरिन्छ । यसपालि माहोल पनि शान्त छ । त्यसैले खुलेरै दसैँ मनाइन्छ ।

टीका लगाउन घरै पुग्छु
युवराज चौलागार्इं
दसैँ मेरो मनपर्ने चाड हो । दसैँको माहोल नै निकै आनन्ददायी लाग्छ । यसपालि म विभिन्न कार्यक्रममा व्यस्त छु । दसैँ पनि कार्यक्रममै बित्लाजस्तो छ । तर, जति व्यस्त भए पनि दसैँको दिन भने घर (चितवन) पुग्छु । आफन्त, इष्टमित्रको हातबाट टीका जमरा लगाएर आशीर्वाद लिन्छु । अझ प्रगति, उन्नति र शान्तिको कामना गर्छु । गाउँमा साथीहरूले पिङ हाल्ने गरेका छन् । पिङ खेल्छु, गीत गाइन्छ । खानपिनका साथ रमाइलोसँग बित्ने गर्छ मेरो दिन ।

नवरथाभरि व्रत बसेकी छु
सञ्चिता लुइँटेल
तिहारको अवसर पारेर कार्तिक १२ गतेदेखि मेरो फिल्म ‘राधा’ प्रदर्शन हुँदै छ । मेरो यसपालिको दसैँतिहार सबै राधाकै प्रमोसनमा बित्नेछ । दसैँ मैले निकै मान्ने चाड हो । म हरेक वर्ष दसैँको नवरथाभरि व्रत बस्दै आइरहेकी छु । यसपालि पनि निरन्तरता दिएकी छु । बुबाआमा, आफन्तको हातबाट टीका लगाउने, नानीबाबुलाई टीका लगाइदिने, घरमै रमाइलो गरेर दसैँ मनाउने योजना छ ।

काठमाडौंमै मनाउँछु दसैँ
सौगात मल्ल
दसैँ मलाई निकै उल्लासमय लाग्छ । अचेल लालपूर्जाको सुटिङमा व्यस्त छु । दसैँमा त काठमाडांै आउँछु नै । फेमिली काठमाडौंमै भएकाले गाउँ गइँदैन । साथीभाइ भेटघाट, खानपिन र रमाइलोमा बित्छ दसैँ । सधैँ व्यस्त हुने भएकाले दसैँका वेला आराम गर्न पनि पाइन्छ । सम्पूर्ण नेपालीलाई विजया दशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

थप प्रगतिको आशीर्वाद लिन्छु
रजनी केसी
दसैँ निकै मन पर्छ । दसैँ आउँदा निकै रमाइलो महसुस हुन्छ । अचेल दसैँको सपिङ गरिरहेकी छु । सदाझैँ यसपालि दसैँमा पनि म मम्मी र आफ्ना मान्यजनको हातबाट टीका लगाउँछु । आशीर्वाद माग्छु । सपिङ गर्ने, मीठामीठा परिकार बनाउने, पाहुनाको स्वागत गर्ने तथा पिङ खेल्ने दसैँमा गरिने प्रमुख काम हुन् । टीकाको अर्काे दिन भने गाउँ (नुवाकोट) जाने प्लान छ । त्यहाँ आफ्ना आफन्त धेरै हुनुहुन्छ । उहाँहरूको हातबाट टीका लगाई अझ प्रगति होस् भन्ने आशीर्वाद लिन्छु ।

खानपिनमा रमाइलो गरिन्छ
गजित विष्ट
यसपालिको दसैँमा काठमाडांैमै मम्मीबाबाको हातबाट टीका लगाइन्छ । त्यसपछि पूर्व विराटनगरतिर रहनुभएका आफन्तकोमा टीका लगाउन जान्छु । समयले साथ दियो भने दसैँमा भालुवाङ महोत्सवमा सहभागी हुन्छु । सदाझैँ दसैँ उल्लासका साथ मनाइन्छ । हल्का जुवा खेल्ने, साथीहरूसँग खानपिन गर्ने त छँदै छ ।

मज्जाले आराम गरिन्छ
बुद्धि तामाङ
म दसैँमा घर (काभ्रे) जाँदै छु । एक वर्षपछि फुर्सद मिलाएर जान लागेकाले धेरैजसो बाबाआमासँगै घरमै बस्छु । साथीभाइसँग बडो रमाइलो गरेर दसैँ मनाइन्छ । घरमै बोका ढाल्ने, आफन्ती, साथीहरू बोलाउने र मज्जाले गफ चुट्दै दसैँ मनाउने योजना छ । खानपिन, खेलबाडमा पनि सहभागी हुन्छु । पछिल्ला समय धेरै बिजी भइयो । दसैँमा भने एक हप्ता मज्जाले आराम गरिन्छ ।

पिङ खेल्छु
झरना थापा
मलाई दसैँ निकै मनपर्ने पर्व हो । आफूभन्दा ठूलाबडाको हातबाट टीका–जमरा लगाएर पाइने आशीर्वाद सबैभन्दा महत्वपूर्ण लाग्छ । यसपालिको दसैँको विशेष योजना भने केही बनाउन पाएकी छैन । ‘ए मेरो हजुर–२’ को सुटिङमै व्यस्त भएकाले चाडबाडतिर त्यति ध्यान जान सकेको छैन । दसैँको दिन भने जसरी भए पनि पिङ खेल्ने गरेकी छु । यसपालि पनि पिङ खेल्नेछु ।

धुमधामसँग मनाउँछु
महिमा सिलवाल
यसपालिको दसैँमा म अभिनीत फिल्म ‘सुब्बा साब’ रिलिज हुँदै छ । त्यसकारण पनि अलि विशेष लागेको छ । फिल्मको प्रमोसनमा व्यस्त हुन्छु । विगतमा झैँ यसपालि पनि दसैँ मनाउन घर (चितवन) जान्छु । आफन्त, साथीभाइसँग भेट हुन्छ । वर्ष दिनमा एकचोटि आउने चाड धुमधामसँग मनाउँछु । म जुवातास खेल्दिनँ । घरनजिक पिङ हालेका रहेछन् भने साथीहरूसँग गएर खेल्छु । आफन्त भेटघाट र कुराकानीमै बित्छ दसैँ ।

गाउँ जान्छु
आयुष्मा कार्की
म विगतका वर्षमा झैँ यसपालि पनि दसैँमा गाउँ जान्छु । बुुबामम्मी, आफन्तको हातबाट टीका जमरा लगाई आशीर्वाद लिन्छु । गाउँमा पिङ हालिएको हुन्छ । दिदीबहिनीसँग पिङ खेल्छु । पूर्ण हिन्दू संस्कारमा दसैँ मनाउँछु । नाकाबन्दी र अभावका कारण गत वर्षको दसैँ निकै कष्टकर भएको थियो । तर, यसपालि भने तनाव छैन । त्यसकारण खुलेरै दसैँ मनाइन्छ । सबैलाई विजयादशमीको शुभकामना । आजको नयाँ पत्रिकामा लक्ष्मण सुवेदी लेख्छन्।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71