हाइटीमा १० वर्ष यताकै शक्तिशाली समुद्री आँधी, धेरै मानिसको ज्यान गएको हुनसक्ने अनुमान
10:52 PM
Loading...
काठमाडौँ, १९ असोज - हाइटीमा शक्तिशाली समुद्री आँधी म्याथ्युका कारण हाइटीको जनजीवन प्रभावित छ।
दुई सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाका कारण ठूलो पानी परेको छ भने खतरनाक तुफान आएको छ। आँधीका कारण हाइटीको पश्चिमी भागको तटीय क्षेत्रमा बढी प्रभाव परेको बिबिसीले जनाएको छ।
तटीय क्षेत्रमा रहेका धेरै बस्तीमा एक मिटरसम्म पानी जम्मा भएको छ। धेरै घरको छानो उडेको छ। आँधीका कारण धेरै मानिसको ज्यान गएको तर संख्या थाहा नभएको हाइटीका अन्तरिम राष्ट्रपति जोकोलर्म प्रिवर्तले बताएका छन्।
दक्षिणी तटीय क्षेत्रमा पनि आँधीले क्षति पुर्याएको छ। आँधीका कारण आएको बाढीले ७० हजार मानिस विस्थापित भएका छन्। म्याथ्यु आँधी एक दशक यताकै शक्तिशाली रहेको त्यहाँका अधिकारीले बताएका छन्।
आँधीका कारण हाइटीका सबै हवाई सेवा बन्द गरिएको छ। म्याथ्यु आँधीले अमेरिकासहित क्यारबियन देशमा प्रभाव पार्ने छ।
0 comments