पाँचथर, १८ असोज। चट्याङ लागेर गएराति पाँचथरको मेमेङका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेमेङ–८ बस्ने गजेन्द्र लिम्बूका पाँचवर्षीय छोरा अमित लिम्बू रहेका छन्।
उनलाई घरमा खेल्दै गरेको अवस्थामा चट्याङले लागेको थियो। चट्याङ लागेसँगै उनको घटनास्थलमै मृत्यु भएको थियो।
शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए। रासस
0 comments