प्रशिक्षकसँग हात मिलाउन नमानेपछि पेले टिमबाट निकालिए
10:49 PM
Loading...
काठमाडौँ, २२ असोज - प्रशिक्षकसँग हात मिलाउन नमानेपछि इटालीका स्ट्राइकर ग्राजियानो पेले टिमबाट निकालिएका छन्।
प्रशिक्षकसँग हात मिलाउन अस्वीकार गरेका पेले विश्व कप छनौट अन्तर्गत आइतबार हुने मेसेडोनियासँगको खेलको टिमबाट निकालिएका हुन्। विश्व कप छनौट अन्तर्गत बिहीबार राति भएको स्पेनसँगको खेलमा उनलाई प्रशिक्षक जाम्पियारो वेन्टुराले सबस्टिच्युड गरेका थिए।
मैदानबाट बाहिरिने क्रममा पेलेले प्रशिक्षक वेन्टुरासँग हात मिलाउन अस्वीकार गरेका हुन्। पेले मैदानबाट बाहिरिएको बेला इटाली १-० ले अघि थियो। तर त्यसपछि स्पेनले एक गोल ग¥यो र खेल १-१ को बराबरीमा सकियो। पेलेले नियम उल्लंघन गरेकाले उनलाई टिमबाट निकालिएको इटालियन फुटबल फेडेरेसनले जनाएको छ।
राष्ट्रिय टिमको हिस्सा भएपछि प्रशिक्षक, साथी खेलाडी, खेलपदाधिकारी तथा समर्थकको सम्मान गर्नु पर्ने तर पेले त्यो उल्लंघन गरेको आइएफएफको वक्तव्यमा उल्लेख छ। एजेन्सी
0 comments