काठमाडौँ । स–साना समस्यालाई बेवास्ता गर्न महिलाभन्दा पुरुष अगाडि रहेको विभिन्न अध्ययनले देखाएका छन् । तर, यस्ता समस्या गम्भीर खतराको सूचक हुनसक्ने कमैलाई मात्र थाहा छ । पटक–पटक पिसाब लाग्नु, छिन–छिनमा स्ट्रेस हुनु, श्वास फुल्नुजस्ता समस्यालाई बेवास्ता गर्दा ठूलो बिरामी पर्नसक्ने हुनसक्छ । केही यस्ता संकेत जसबाट पुरुषहरू वेलैमा सचेत हुन जरुरी छ :
१. पटक–पटक पिसाब गर्न मन लाग्नु डायबिटिजको संकेत हुनसक्छ । रातिको समयमा पटक–पटक पिसाब लाग्छ भने प्रोस्टेट क्यान्सरसँग जोडिएको समस्या पनि हुनसक्छ ।
२. प्राय: पुरुषको कपाल एउटा निश्चित उमेर पार गरेपछि झर्न थाल्छ । तर, निश्चित उमेरअघि नै कपाल झर्नुको कारण थाइराइड र स्ट्रेस समस्याले हुनसक्छ । अस्वाभाविक रूपमा लामो समयसम्म कपाल झर्न रोकिएन भने सम्बन्धित चिकित्सकलाई देखाउनु राम्रो हुन्छ ।
३. पिसाब फेर्दा दुख्छ या पिसाबमा रगत नै देखिन्छ भने प्रोस्टेट ठूलो भएको तथा प्रोस्टेट क्यान्सर भएको संकेत हुनसक्छ ।
४. अण्डकोष नियमित जाँच गराउनुहोस् । अण्डकोष ढिक्का परेजस्तो महसुस हुन्छ भने अण्डकोषको क्यान्सरको सुरुवाती संकेत हुनसक्छ ।
५. लामो समयसम्म कब्जियत या पखाला ठीक भएन भने पेटको टिबी तथा एड्सको संकेत हुनसक्छ ।
६. छातीमा गाँठो परेजस्तो महसुस हुन्छ भने पुरुषको ब्रेस्ट क्यान्सरको सम्भावना हुनसक्छ । वेलैमा मतलब गरेन भने समस्या गम्भीर हुनसक्छ ।
७. एडल्ट डेन्टल हेल्थ सर्वेका अनुसार गिजाबाट रगत आउने समस्या महिलामा भन्दा पुरुषमा बढी हुन्छ । लामो समयसम्म गिजाबाट रगत आइराख्नु डायबिटिज या मुटुको समस्याको कारण बन्नसक्छ ।
८. पुरुषमा थकानका कारण स्ट्रेस हुनसक्छ । यसलाई बेवास्ता गर्दा डायबिटिज, फोक्सोको क्यान्सर तथा मुटुमा समस्या बढ्नसक्छ ।
९. केही काम गर्दा श्वास लिन असहज महसुस भइरहन्छ भने एनिमिया या मुटुसँग जोडिएको समस्या भएको हुनसक्छ । महिलाको तुलनामा पुरुषलाई यो समस्या बढी हुन्छ । यो समस्यालाई बेवास्ता नगर्नुहोस् ।
१०. कतिपय पुरुष जोडले घुर्छन् । यसरी घुर्नु निद्रा पूरा नहुनु र थकानको संकेत हो । लामो समयसम्म यो समस्या भइरहन्छ भने एलर्जी तथा स्लिप अप्निया डिसअर्डर (सुत्दा श्वासप्रश्वासमा गडबडी)को खतरा हुनसक्छ । नया पत्रिकाबाट
0 comments