Loading...

खोलाले बगाउँदा दुईको मृत्यु - read more news

11:42 PM

Loading...

लमजुङ, ५ असोज- जिल्लाको पूर्वी भागमा रहेको पिजेदी खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा गौडा–१ का ५० वर्षिय सुखे गुरुङ र पाचोक–५ का १३ वर्षिय सुजन गुरुङलाई बगाएको हो ।

वर्षापछि बढेको खोला तर्ने क्रममा मङ्गलवार साँझ दुई जनालाई नै एकसाथ खोलाले बगाएको थियो । उनीहरुको मृत शरीर करिव एकसय ५० मिटर तल फेला पारिएको थियो ।

मङ्गलबार अपरान्हदेखि भारी वर्षाका कारण खोला बढेको थियो । ठाडो खहरे खोलामा बाढी आएको र आवतजावतका लागि पुल नहुँदा बगाएको स्थानीय बासिन्दाले बताएका छन् । गुरुङ द्वय आफन्त रहेको थाहा भएको छ ।

घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले घटनास्थलबाट शव निकालिएको र परीक्षणका लागि सदरमुकाम ल्याइँदै गरेको बताउनुभयो । रासस  

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71