Loading...

बिद्रोहीको नियन्त्रणमा रहेको सिरियामा हवाई आक्रमण : २७ जनाको मृत्यु

12:33 AM

Loading...
काठमाडौँ, ८ असोज - बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको एलेप्पोका विभिन्न क्षेत्रमा भएको हवाई आक्रमणमा परि २७ जनाको ज्यान गएको छ।

आक्रमणमा अमेरिकी तथा रुसी लडाकु विमान सामेल रहेको सिरिया आक्रणमको निगरानी गरिरहेका कार्यकर्ताले बताएका छन्। तर रुसले भने अहिलेसम्म आक्रमणमा आफ्नो संलग्नता रहे नरहेको पुष्टि गरेको छैन।

सात दिने युद्धविराम अन्त्य भएसँगै गएको सोमबारदेखि सिरियामा फेरि हिंसात्मक आक्रमण सुरु भएका छन्। युद्धविराम फेरि लागु गर्ने विषयमा अमेरिका र रुसबिच भएको वार्तामा सहमति जुट्न सकेको छैन। रुसले राष्ट्रपति बसर अल असदको साथ दिँदै आएको छ भने अमेरिकाले राष्ट्रपतिको विरोधमा रहेका विपक्षीको सहयोग गर्दै आएको छ।

यसैबिच रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले सिरिया द्वन्द्व समाधानका लागि अमेरिका र रुसबिच सहमति आवश्यक रहेको र सहमतिमा युद्धविराम गर्नुको विकल्प नरहेको बताए। एजेन्सी

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71