Loading...

२४ जनाको ज्यान जाने गरी भएको घुन्सा हेलिकप्टर दुर्घटनाको दश वर्ष पूरा

1:46 AM

Loading...


ताप्लेजुङ, ७ असोज - ताप्लेजुङको घुन्सामा श्री एयरलाईन्सको हेलिकप्टर दुर्घटना भएको आज दश वर्ष पूरा भएको छ।

२०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा डा हर्क गुरुङ लगायत २४ जनाको निधन भएको थियो। उक्त दुर्घटनाको सम्झनामा आज ताप्लेजुङ सदरमुकाम, दुर्घटना भएको स्थान घुन्सा लगायत देशभर स्मृति कार्यक्रमहरु गरिँदैछ।

दुर्घटनामा तत्कालीन वन तथा भू-संरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा हर्क गुरुङ, संरक्षणविद् डा तीर्थमान मास्के, वन तथा भू-संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो।

त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71