Loading...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनु दुर्भाग्यपूर्ण : सुजाता -

6:35 AM

Loading...
काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिनु दुर्भाग्यपूर्ण भएको बताएकी छिन् ।

एमालेको युवा तथा खेलकुद विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ कोइराला यस्तो बताएकी हुन् ।

चीनका राष्ट्रपति नेपाल आउन खोज्दा पनि सरकार परिवर्तनका कारण आउन नदिइएको सुजाताले आरोप लगाईन् ।

‘सि जिनपिङको भ्रमण नहुञ्जेल ओली सरकार नढालौं भनेर मैले धेरै आग्रह गरेँ । हे प्रभू ओली सरकार नढाल भनेँ । सि जिनपिङको भ्रमणपछि ढालौं भन्दा पनि मानेनन् । आखिर जिनपिङ नआउने नै भए सुजाताले भनिन्।

सी जिनपिङ नेपाल आउँछु भन्दा पनि आउन नदिने, भ्रमणको वातावरण नबनाउने भनेको नेपाल सिद्धिने बाटो हो । यो हाम्रा लागि लाजमर्दो कुरा हो उनले भनिन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71