Loading...

अपर कर्णाली सम्झौताको बिरोधमा प्रदर्शन, कार्यान्वयन प्रक्रिया रोक्न माग

6:27 AM

Loading...
भाद्र २४ । अपर कर्णाली सम्झौता राष्ट्रघाति भएको भन्दै यसको बिरोधमा नेकपा क्रान्तिकारी माओवादी दाङले घोराहीमा प्रदर्शन गरेको छ ।


नेपालको जलस्रोत भारतलाई सुम्पने कार्य हुने क्रान्तिकारी माओवादीले अपर कर्णाली सम्झौताको बिरोधमा प्रदर्शन गरेको हो ।


घोराहीको बिपी चौकबाट शुरु भएको र्याली बजारका विभिन्न स्थानहरु परिक्रमा गरी तुलसीपुर चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादी दाङका सेक्रेटरी अमर पोख्रेलले भारतले नेपाली शासकहरुलाई खरीद गरेर नेपालको जलस्रोत आफ्नो पक्षमा पार्न खोजेको बताए ।


कोणसभामा नेकपा क्रान्तिकारी माओवादी दाङका सचिवालय सदस्य मधुसूदन वैद्य, थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव रामजी चौधरीले बोलेका थिए ।


बक्ताहरुले उत्पादन हुने बिजुली सोझै भारतमा जाने भएकाले यसबाट नेपाललाई कुनै फाइदा नहुने भएकाले अपार जलस्रोत रहेको जलाशययुक्त अपर कर्णालीलाई नेपाली जनताकै लगानीमा बनाउनुपर्ने बताए ।


तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइले भारतसँग बिप्पा र अपर कर्णाली उर्जा विकास सम्झौता (पीडीए) गरेका थिए । सम्झौतालाई कार्यान्वायनको प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेको सहसेक्रेटरी खम्बु चन्दले बताए ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71