Loading...

अष्ट्रेलियामा नेपाली क्रिकेटर सन्दिप लामिछानेको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन

4:52 AM

Loading...
काठमाडौं, ८ असोज - नेपालका युवा क्रिकेटर सन्दिप लामिछानेले अष्ट्रेलियामा आफ्नो पहिलो खेलमा नै राम्रो प्रभाव छाडेका छन्।

सन्दिपले शनिबार सिड्नी प्रिमियर क्रिकेटमा क्लार्ककै क्लब वेष्टर्न सबअर्ब्सबाट डेब्यू गरेका छन्। क्लार्कको कमब्याकसँगै वेष्टर्न सबअब्र्सले ६ विकेटको जित हात पारेको छ।

हालै मात्र १६ वर्ष पुरा गरेका नेपाली बलर सन्दिपले सबैको ध्यान तान्न सफल भएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ।

सन्दिप सोमबार मात्र अष्ट्रेलिया पुगेका थिए। गत मेमा हङकङमा क्लार्कसँगै खेलेपछि उनलाई अष्ट्रेलियाबाट खेल्ने अवसर जुटेको हो। उनले डेब्यू खेलमा ८ ओभरमा १ विकेट लिएर १७ रन दिए।

क्लार्कले पनि सन्दिपको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन्।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71