Loading...

अभिनेत्री मनीषा कोइरालाका भन्छिन्, राम्रो मान्छे पाए फेरि विवाह गर्न सक्छु

10:21 PM

Loading...
काठमाडौँ, २४ भदौ - अभिनेत्री मनीषा कोइराला लामो समयपछि फेरि ‘एक्सन’मा आएकी छिन्।

आजभोलि उनी प्रत्येक दिन दिउँसो साढे २ बजे भर्सोभास्थित अपार्टमेन्टमा प्रोफेसनल ड्रेस लगाउँछिन् र बाहिर निस्किन्छिन्। उनी बाहिर निस्कनुको कारण हो– प्रोमिता सेन गुप्ताको डेब्यु फिल्मको अभ्यास गर्नु। प्रोमिताले फिल्म ‘मौलाली’का लागि मनीषा कोइरालालाई छानेकी छिन्।

‘उनले फिल्मका लागि अत्यन्त राम्रो स्क्रिप्ट लेखेकी छिन् । त्यसमा ड्रामा छ र छन् मलाई अनेक चुनौती, कोइराला भन्छिन्, म विश्वस्त छु, उनले यो फिल्ममा अत्यन्त राम्रो गर्नेछिन्। र, मलाई यो उमेरमा आफैँमाथि परीक्षण गर्नु छैन, ४६ वर्षीया मनीषाले भनेकी छिन्, म अब गलत फिल्म गर्न चाहन्न। यो फिल्ममा मनीषा बिहारी–मुस्लिम महिलाको भूमिकामा देखिँदै छिन्।

यो त मनीषाको व्यावसायिक जीवनको कुरा भयो। उनले भारतीय मिडियासँग व्यक्तिगत जीवनबारे पनि बताएकी छिन्। उनलाई क्यान्सर भएकोे पत्ता लागेको चार वर्ष भइसकेको छ र अब त्यो समस्याबाट उनी मुक्त भइसकेकी छिन् भन्ने उनका योजनाबाट पनि प्रष्ट हुन सक्छ।

उनी भन्छिन्, ‘म भावनात्मक रूपमा परिवारसँग अत्यन्त निकट छु, तर मेरो परिवार नेपालमा छ। त्यसैले प्रत्येक दिन घर फर्किंदा एक्लो महसुस हुन्छ। रित्तो घरमा फर्किंदा मलाई रमाइलो पनि लाग्दैन। त्यसैले एडप्ट गर्नेबारे सोचिरहेकी छु।’

सन् २०१० मा मनीषाले नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह गरिन्। तर, उनीहरूको वैवाहिक सम्बन्ध लामो समय रहन सकेन। विवाह गरेको दुई वर्षपछि उनीहरूको सम्बन्ध–विच्छेद भयो। तर, अब फेरि पनि मनीषा विवाहको योजनामा छिन् । ‘विवाह गर्न कसलाई मन नहोला ?’ उनले भनेकी छिन्, ‘सुरुमा यो अत्यन्त राम्रो हुन्छ, तर पछिका कुरा कसैलाई थाहा हुँदैन । यदि कोही राम्रो मान्छे पाएमा म फेरि विवाह गर्न सक्छु। तर, योभन्दा पनि महत्वपूर्णचाहिँ मैले एडप्ट गर्दा हुनेछ, किनकि त्यसपछि घरमा मैले मानिससँग नै कुरा सेयर गर्न पाउनेछु।’

तर, अहिलेका लागि मनीषा स्क्रिप्ट पढ्नमा व्यस्त छिन्। बिहारी र उर्दू लवजमा काम गर्नुपर्ने भएकाले पनि उनी यसका लागि मिहिनेत गरिरहेकी छिन्। त्यसमाथि प्रोमिताले फिल्मबारे हरेक सल्लाह मनीषासँग नै गरिरहेकी छिन् । ‘म सिनपछाडि पनि अत्यधिक सयम दिइरहेकी छु,’ उनले भनेकी छिन्, ‘फिल्म बनाउनु त एउटा ठूलो काम पो हो त ।’

त्यसो त यसअघि उनले फिल्म ‘डियर माया’को काम सकिसकेकी छिन् । उनी अब अरू फिल्ममा सम्झौता गर्ने पक्षमा छैनन् । तर, निर्देशनका लागिचाहिँ उनी तयार भइसकेकी छिन् । ‘म यसअघि नगरेका भूमिकामा देखिन चाहन्छु,’ उनी भन्छिन्, ‘यो सँगसँगै म फिल्म निर्देशन गर्ने योजनामा पनि छु । म अफबिट फिल्म बनाउन चाहन्छु, जसमा मेरो एक्टिङचाहिँ हुने छैन ।’

अब उनी केही समयमा नै ‘सर्टिफाइड’ योगा टिचर पनि हुनेछिन् । मौलालीको काम सकिएपछि उनी किताब लेख्ने योजनामा पनि छिन् 
। नयाँ पत्रिकाबाट

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71