Loading...

बिहान-बेलुकी छाक टार्न पनि धौ धौ परेपछि १४ बर्षीय बालकले पढाइ छोडी काम गर्न बाध्य

10:24 PM

Loading...
डोल्पा, २४ भदौ । यहाँका एक बालकले पढाइ खर्च जुटाउन नसकेपछि पढाइ छाडेका छन् । नर्कु गाविस वडा नं ४, सुरका १४ बर्षीय मन्दिर बोहोराले पढाइ खर्च जुटाउन नसकेपछि कक्षा ७ मा पढ्दापढ्दै बीचैमा पढाइ छाडेका हुन् ।


“घरमा कसैको रोजगारी छैन, जग्गा कम भएकाले बिहान–बेलुकी छाक टार्न अर्काको काम गर्नुपर्छ । घरमा आयस्रोत नभएकाले कतैबाट एक पैसा पनि आउँदैन, सामान्य दैनिक खर्च जुटाउन पनि अर्कैको काम गर्नुपर्छ, पढाई खर्च जुटाउन त सकिने कुरै भएन”, बोहोराले भने ।

“पढाइ खर्च जुटाउन नसकेर बुबाआमाले सानैमा अर्काको काम गर्न पठाए”, उनले थपे, “घरमा चारजनाको परिवार छ, बुबा अपाङ्ग हुनुहुन्छ । कापी, कलम पोसाक जुटाउन नसकेर मैले घर सँगसँगै पढाइ छाड्नु प¥यो, भाइले पनि पढ्दैनन् ।”

“मेरो पढ्ने इच्छा भएकाले पढाइदिने सर्तमा सात वर्षदेखि नै आधा दर्जनभन्दा धेरै घरमा काम गर्न बसँे, अनेकौँ गाली–बेइज्जती खाएँ, कुटाइसमेत खानुप¥यो, कति दिन भोकै बस्नुप¥यो तर पनि मेरो पढ्ने चाहना कसैले पूरा गरेनन् । अहिले १४ वर्ष भयो, ठाउँठाउँ कामदार बस्दा उमेर पनि बढ्दै गयो, पढाइ बिग्रँदै गयो, अन्तमा गरिबी मेरो पढाइको बाधक बन्यो ।” उनले रुँदै भने, “पढेर ठूलो मान्छे बन्ने, गाउँसमाजको सेवा गर्ने बुबाआमालाई सुखसँग राख्ने चाहना छ, तैपनि खर्च अभाबमा पढाइ पूरा गर्न सकिनँ, मेरो सपना कसरी पूरा होला ?”

“पढ्ने भाग्य मेरो रहेनछ, यसैमा चित्त बुझाउनुप¥यो,” उनले आँखाभरी आँशु निकाल्दै गुनासो पोखे । “कक्षा ५ सम्म मेरो पढाइ राम्रो थियो कक्षा पाँचसम्म सधैँ प्रथम मात्र हुन्थँे, त्यसपछि परिवारले खर्च जुटाउन नसक्दा छोरालाई पढाइ दिने सर्तमा अर्कैको कामदार बस्न पठाए, बिहान–बेलुकी घरको काममा खट्नुपर्ने भएकाले विद्यालयलाई नियमितता दिन नसक्दा मेरो पढाइ बिग्रियो”, उनले भने । त्रिपुराकोटको त्रिपुरा माविमा पढ्दै गरेका बोहोरा पढ्ने वातावरण नभएपछि सदरमुकामबाट डेढ दिन टाढाको आफ्नै घर नर्कु जान लागेका छन् ।

अझै पनि आफूलाई पढेर राम्रो मान्छे बन्ने चाहना भएकाले उनले सबैसँग सहयोगका लागि याचना पनि गरेका छन् । रासस 

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71