Loading...

काठमाडौं म्याराथनमा नेपाल प्रहरीका भूमि र कान्छीको उत्कृष्ट प्रदर्शन

3:56 AM

Loading...
काठमाडौं, ८ असोज - नेपाल प्रहरीका भूमिराज राई र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी कान्छीमाया कोजुले १० औं काठमाडौं म्याराथनको उपाधि शनिबार जितेका छन्।

भूमि पुरुष तथा कान्छी महिलाको फुल म्याराथन (४२.१९५ किलोमिटर) मा आ-आफ्नो प्रतिद्वन्द्वीलाई उछिन्दै पहिलो भए।

भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा निर्धारित दूरी २ घण्टा २० मिनेट ४४ सेकेन्डमा पूरा गरे। यसअघि नेपालमा भएको कुनैपनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका छैनन्।

पुरुष म्याराथनको राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ। उनले भारतमा भएको तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद(साफ) मा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए। यो कीर्तिमान दक्षिण एसियाली खेलकुद ९साग० मा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ।

भूमिको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौं रोड रनर्स क्लब अल्मुनाईका सल्लाहकार एवं स्प्रिन्टमा सहभागी हुने पहिलो नेपाली ओलम्पियन रघुराज वन्त र काठमाडौं म्याराथनका मुख्य योजनाकार निलेन्द्रराज श्रेष्ठले बोनस स्वरुप छुट्टै १ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे। शब्द, तस्बीर : नयाँ पत्रिका

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71