Loading...

आतंकवाद नियन्त्रण गर्नका लागि मिलेर काम गर्न सार्क राष्ट्रहरुको एक्यबद्धता

3:26 AM

Loading...
काठमाडौँ, ८ असोज - सार्कका सदस्य राष्ट्रहरुले आत्मघाती आतंकवाद र अतिवाद नियन्त्रण, साइबर सुरक्षा र लागुऔषध ओसारपसार पूर्णरुपमा नियन्त्रणको लागि आपसमा मिलेर काम गर्ने सहमति गरेका छन्।

त्यसैगरी यी कार्य नियन्त्रणका लागि ज्ञान, सूचना आदान–प्रदान र क्षमता अभिवृद्धि गर्न आपसमा सहकार्य गर्ने सहमति समेत भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार सम्पन्न सार्कको आतंकवादविरोधी संयन्त्रलाई अझ सुदृढ बनाउन क्रियाशील उच्च तहको प्रबुद्ध समूहको दोस्रो बैठकमा सार्क मुलुकहरुमा आतंकवादलाई कसरी नियन्त्रण गर्ने भन्ने सम्बन्धमा विस्तृतमा छलफल भएको हो। यसअघि पहिलो बैठक भारतले नै सन् २०१२ मा आयोजना गरेको थियो।

बैठकको निर्णयबारेमा भारतको प्रेस सूचना व्यूरोले जनाएअनुसार आतंकवादविरोधी संयन्त्रलाई अझ सबल बनाउने लगायत आतंकवादी गतिविधिमा भइरहेको आर्थिक सहयोगलाई कसरी नियन्त्रण गर्ने र साइबर क्राइमको बारेमा पनि छलफल भएको थियो।

बैठकमा सार्क मुलुकका सदस्य राष्ट्रहरुले आफ्नो देशमा आतंकवाद नियन्त्रण गर्न बनेका कानुनी प्रावधानहरुको बारेमा जानकारी गराएका थिए। बैठकमा सार्क टेरेरिष्ट अफेन्स मोनिटरिङ डेस्क र सार्क ड्रग्स अफेन्स मोनिटरिङ डेस्कलाई सकेसम्म चाँडो सञ्चालनमा ल्याउने सहमति समेत भएको छ।

यी दुई संयन्त्र आतंकवादविरोधी गतिविधिलाई नियन्त्रण गर्न बनेका हुन्। तर, विविध कारणले यसको प्रभावकारी कार्यान्वयन भएको छैन। त्यसैगरी, सार्क मुलुकहरुमा भ्रष्टाचार तथा मनी लण्डरिङसम्बन्धी विषयमा समेत छलफल भएको छ। बैठकमा आतंकवादविरोधी सार्कको संयन्त्र अझ प्रभावकारी बनाएर लैजाने विषयमा व्यापक छलफल भएको थियो।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71