Loading...

पाइलटले अपहरणको सूचना दिने बटम दबाए पछि … read more news

11:32 PM

Loading...
20151225100722_clipboard02

रियाद (साउदी अरब), ५ असोज । फिलिपिन्सको राजधानीमा अवस्थित मनिला विमानस्थलमा मङ्गलबार अवतरण गरिनुपूर्व साउदी अरबको साउदिया एयरलाइन्स कम्पनी को उडान नं. ८७२ को विमानलाई अपहरण गरिएको गलत सन्देश पाएपछि उक्त विमान कम्पनी, यात्रुका आफन्तजन र फिलिपिन्स प्रशासनमा मङ्गलबार केही समय तनाव निम्त्यायो ।

साउदी अरबको राजधानी रियादस्थित विमान कम्पनीको कार्यालयमा उडान नं. ८७२ को विमान अपहरण भएको भ्रामक सूचना कसैले सम्प्रेषण गरिदिएपछि उक्त विमानमा यात्रारत यात्रुहरु र विमानको सुरक्षालाई लिएर मङ्गलबार तनाव सिर्जना भएको उक्त विमान कम्पनीका प्रवक्ताले एएफपीलाई जानकारी दिए ।

साउदिया वायु सेवाले पाएको सूचनाका आधारमा उक्त कम्पनीले ट्वीट गर्दै साउदी रेड सी सिटी जेदाहबाट मनिलातर्फ उडेको विमान ‘अपहरणमा परेको’ सूचना सार्वजनिक गरेको थियो । सूचनाका आधारमा मनिला विमानस्थलमा पुगेको उक्त विमान अवतरण भएपछि अरू विमानबाट छुट्टै केही टाढा लगेर रोक्न लगाइएको थियो ।

फिलिपिन्स नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता एरिक एपोलो निओलो विमानमा खतरा रहेको चेतावनीपश्चात विमानलाई धावनमार्गमा छुट्टै राखी जाँच गरिएको मङ्गलबार पुष्टि गरे । रासस÷एएफपी

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71