Loading...

बालुवाटारमा यसरी मच्चिदैछ छोराबुहारीको आतंक

5:26 AM

Loading...

बालुवाटारमा यसरी मच्चिदैछ छोराबुहारीको आतंक

काठमाडौं । प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारमा अवैध विहेले वैधानिकता पाएको छ । प्रचण्डपुत्र प्रकाशकी तेस्री श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्राइएको छ ।




बिनालाई बालुवाटार भित्रयाइएसँगै नेकपा माओवादी केन्द्रमा छोरा बुहारीको अतंक सुरु भएको छ । यसअघि प्रकाशले विनालाई सिभिलहोमको अपार्टमेन्टमा राख्दै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएसँगै बिबिनलाई उनले प्रधानमन्त्री निवासमा भित्राएर वैधानिकता दिएका हुन् ।


दोस्रो श्रीमतीसँग सम्बन्ध विच्छेद नगरेकाले प्रकाश र बिनाविरुद्ध बहुविवाह मुद्धा चल्न सक्छ । तर नेपाल यस्तो देश हो जहाँ ठूला व्यक्तिमाथि कानून लाग्दैन । अझ उनै पकाशले पछिल्लो समय देश चलाउन थालेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रकाश र बिनाको गतिविधीवले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् ।


प्रकाश स्वकीय सचिवका रुपमा प्रचण्डको सचिवालयमा काम गर्दै आएका छन् । उनको व्यवहारले प्रधानमन्त्रीको सचिवालयकै कर्मचारी राजीनामा दिने मुडमा पुगिसकेका छन् ।


प्रचण्डलाइ अरुको च्यानलबाट भेट्न निकै गाह्रो हुने गरेको छ । कर्मचारी तथा प्रहरीको सरुवा, विभिन्न ठेक्कपट्टामा प्रकाशको विशेष चासो हुने गरेको छ । सेटिङ मिलाएर भेट्न खोज्ने व्यक्तिहरुले प्रकाश र विनामार्फत सजिलै प्रचण्डलाई भेटन् पाउने गरेका छन् भने पार्टीका नेता कार्यकताले प्रचण्डलाई भेट्न पाउँदैनन् ।


सचिवालयका अन्य पदाधिकारीहरुले यस्तो गर्न हुन्न भन्दा उनीहरुलाइ हप्काउने गरेको स्रोत बताउँछ । ठूला ठूला कमिशनको डिल प्रकाश र विनामार्फत नै हुने गरेको स्रोत बताउँछ

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71