Loading...

कृष्णप्रसाद हत्या प्रकरणको फैसला आज हुँदै, पुरा होला त गंगामायाको माग ?

2:47 AM

Loading...
चितवन, ९ असोज - गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणको फैसला आइतबार हुँदैछ।

चितवन जिल्ला अदालतका सूचना अधिकारी कृष्ण बरालले प्रमाण बुझ्ने र बकपत्र लिने काम सकिएकोले आइतबार अन्तिम पेशी तोकिएको जानकारी दिए। उनका अनुसार यस घटनाका वादी तथा प्रतिवादीतर्फका वकिलको मुद्दा पेशी नहटाए तोकिएकै दिन आइतबार फैसला हुनेछ।

छोरा कृष्णप्रसादको हत्यारालाई कारबाही माग गर्दै अनशनमा बसेकी गंगामायाले गएको भदौ २७ गते अनशन तोडेकी थिइन्। चितवन जिल्ला अदालतको श्रेष्तेदारसहितको टोलीले असोज २ गते वीर अस्पतालमै पुगेर गंगामायासँग बकपत्र गरेको थियो।

२०६१ जेठ २४ गते कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा हत्या भएको थियो। नन्दप्रसाद अधिकारीले आफ्नो छोरोको हत्या माओवादीबाट भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएकी थिइन्। त्यसको एक वर्ष ६ महिनापछि कृष्णप्रसादका दाइ नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।

चितवन जिल्ला अदालतले २०७१ वैशाख ४ गते किटानी जाहेरी भएका मध्ये ८ जनालाई धरौटीमा र तीन जनालाई साधारण तारिखमा छोडेको थियो। दुईजना अझै सम्पर्कमा आएका छैनन्। -

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71