Loading...

मृगौला पिडित खिनामायाको उपचारका लागि इजरायलबाट देब बास्कोटाको सकृयतामा सहयोग

5:53 PM

Loading...
काठमाडौं ६ असोज। तेर्हथुम फाक्चामाराका मृगौला पिडित खिनामाया कुरुम्फङको उपचारका लागी ओयाक्जुंग ०५ तेर्हथुम घर भइ हाल इजरायलमा कार्यरत देब बास्कोटाको सकृयतामा २७ हजार सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरीएको छ । जिल्लाको छथर सुक्रबारेमा एक कार्यक्रमका बिच पिडितका श्रीमानलाई हस्तान्तरण गरीएको थियो ।


तेह्रथुमका् ओयाक्जुङमा जन्मनु भई रोजगारीको शिलशिलामा ईजरायलमा रहनु भएका बास्कोटाको सकृयतामा जिबन बुढाथोकी झापा १ सय सेकल गिता तुम्बाहाम्फे धरान १ सय सेकल बिमल तामाङ ईलाम १ सय सेकल राज सिसाम मादेम्बा ओयाक्जुङ तेह्रथुम नेपाली २५ सय राजेन्द्र नेपाली ओयाक्जुङ ५ हजार भुप बहादुर बिक अर्घाखाँची २ हजार लक्ष्मण थापा मगर गुल्मी २ हजार श्याम संगम योगी ३ हजार र बास्कोटाले १ सय सेकल गरी कुल २७ हजार रुपैयाँ सहयोग आज प्रदान गरीएको हो ।

कार्यक्रमका छथर पत्रकार समाजका अध्यक्ष प्रकाश पाक्साँवाले पिडितका श्रीमान तिल प्रसाद लिम्बुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्रहरीचौकी सुक्रबारेका ईन्चार्च परशुराम गिरी जनचेतना कृषि सहकारी संस्थाका अध्यक्ष दिल पाक्साँवा रत्नदेबी युबा सेवा समाजका अध्यक्ष अनिल आंखेवा देउराली सोसाईटी तेह्रथुमका पुर्ण सरसफाई कार्यह्रम अधिकृत बबिना राई र नेपाल पत्रकार माहासंघ तेह्रथुमका सचिब आशा तुम्बाहाम्फेले खिनामायाको उपचारमा आएको सहयोगको सही सदुपयोग सँगै स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । 
कार्यक्रम छथर पत्रकार समाज छथर तेह्रथुमको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार समाजका सचिब उदयदिप सम्बाहाम्फेले गर्नु भएको थियो । बास्कोटा प्रबासमा रहेर पनि समाजसेवामा सकृय रूपमा लाग्दै आउनु भएको छ । यस अघि उहाँको सकृयता पान्थर रानिटारका मृगौला पीडित तारा नेम्बाङ तेह्रथुम सिम्मेका मृगौला पीडित गोपाल निङ्लेखु सहयोग गरि सक्नु भएको छ । यस्तै खेलकुदका लागि तेह्रथुम लगायत पुर्बको जिल्लाहरुमा लगानी गर्दै आउनु भएको छ । जहाँ रहे पनि समाजका लागि सहयोग गर्न पछी नपर्ने बिचार रहेका बास्कोटाले मृत्यु शैयामा छट्पटी रहेका हरुलाई हेरि नछाड्ने उहाँले प्रण गर्नु भएको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71