Loading...

बिपीको मार्गमा हिँड्न नसक्दा काँग्रेसमा विचलन

9:39 AM

Loading...
रुपन्देही २४ भाद्र -समाजवादी नेता तथा नेपाली काँग्रेसका संस्थापक बिपी कोईरालाले लिएको मार्गमा हिँड्न नसक्दा नेपाली काँग्रेसमा विचलन आएको शुक्रवार बुटवलमा आयोजित एक कार्यक्रम सहभागिहरुले बताएका छन् ।

प्रजातान्त्रिक बिचार समाज रुपन्देहीले महामानव बिपी कोईरालाको एक सय २ औं जन्मजयन्तीको अवसर परेर गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नेहरुले बिपीका बिचारको मार्गमा हिड्नेहो भने पद्धतीलाई सिरोपर गर्नुपर्ने औंल्याए ।

उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बिपीले दिएको समाजवादी सिद्धान्तलाई आत्मसाथ गर्ने तर पद्धतीलाई नमान्ने प्रबृत्तिले लोकतान्त्रिक शक्ति कमजोर बन्दै गएको उल्लेख गर्नुभयो ।लोकतन्त्रलाई मजबुद बनाउने हो भने बिपीले दिएका बिचार र मार्गदर्शनलाई आत्मसाथ गर्ने र पद्धतीलाई स्वीकार्ने प्रबृत्तिको बिकास गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले नेपाली राजनीतिका संस्थापक समेत रहनुभएका बिपीको बिचार अहिले पनि सान्दर्भिक रहेको बताउँदै बिपीको बिचार र मार्ग दर्शन जिवन्त रहिरहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बिपीको बिचारलाई भजाउने प्रबृत्तिको बिकास भएको उल्लेख गर्दै बिपीका नाममा हुने बिकृत्ति र विसंगती रोक्न पार्टीले केन्द्रबाटै पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।

समाजका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बिपी अध्ययन प्रतिष्ठान रुपन्देहीका अध्यक्ष तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि युवराज गिरी, नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल शिक्षक युनियन रुपन्देहीका अध्यक्ष शोमनाथ गिरी, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनाल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने लगायतले बिपीका बारेमा भनाई राख्दै बिपीका बिचार र सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव डिल्लीनारायण पाण्डेयले गर्नुभएको थियो । यसै गरि जननायक विश्वेश्वर प्रसाद काइरालाको जन्म जयन्तिको अवसरमा नेपाली कांग्रेस देवदह नगर समिति वडा नं ६ ले देवदहमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेसमा आवद्ध भइ पार्टी प्रति गरेको योग्दानको कदर गर्दै वडा नं ६ मा बसोबास गर्ने ५ जना व्यक्तित्वलाइ समितिले कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।

सम्मान समारोहको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी पूर्व राज्य मन्त्री दूर्योधन सिंह चौधरीले देशमा आएको परिवर्तन र राष्ट्रमा छाएको विकासका लहर स्वर्गीय विश्वेश्वर कोइरालाको योग्दानले आएको बताएका थिए ।
देशमा रहेका गरिवी र किसानको बारेमा सोच्ने एकमात्र निस्वार्थी नेता स्वर्गीय कोइराला मात्र रहेको बताउदै कोइरालाले देखाएको बाटोमा हिडन सकेमात्र उनी प्रति सच्चा श्रद्धाञ्जली हुने बताएका थिए ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका पूर्व मन्त्री चौधरीले कांग्रेसले स्थानिय निकायको चुनाव छिटो भन्दा छिटो गराउन चाहेको बताउदै सत्ता बाहिर रहेका प्रतिपक्षि दललाई पनि सरकारमा आउन आग्रह गरे ।
नेपाली कांग्रेस देवदह नगर समिति वडा नं ६ का सभापति अर्जुन लम्सालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्री, महासमिति सदस्य मणिप्रसाद शर्मा, जीवलाल पराजुली, पार्वती न्यौपाने, माहाधिवेशन प्रतिनिधि भगवति गैरे, रामकृष्ण पौडेल, जिल्ला सदस्य बासुदेव रिमाल, दुर्गाबहादुर राना, नगर सभापति गुनाखर भूर्तेल, पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, पूर्व नगर सचिव प्रमोद खनाल, क्षेत्रिय प्रतिनिधि दलबहादुर पाईजा लगायतले आ–आफना भनाई राखेका थिए ।

कार्यक्रममा वडा नं ६ निवासी घनश्याम खरेल, मुक्तिप्रसाद सापकोटा, पूष्पराज कक्षपति, डिलकुमारी पराजुली र नरबहादुर थापालाई सम्मान गरिएको थियो । वडा उपसभापति भिमबहादुर गाहाको स्वागत र सचिव चन्द्रकान्त पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71