Loading...

भारतीय पत्रीकामा अन्तरवार्ता दिदै प्रचण्डले भने नेपालीले मोदीलाई अत्यन्तै बिश्वास गर्छन्

9:29 PM

Loading...
काठमाडौं २६ भदौ | प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच केमेस्ट्री मिलने र ‘अत्याधिक बहुमतको साथ निर्वाचित भएका मोदी एक बलिया प्रधानमन्त्री भएकोले नेपाली जनता पनि मोदीलाई निकै बिश्वास गर्ने बताउदै यो बिश्वासलाई सुदृढीकरण गर्न ध्यान दिनुपर्छ,’ दाहालले भनेका छन् । र मोदीको सोचाईसमेत समान ढंगको रहेको दाबी गरेका छन् ।




प्रधानमन्त्री दाहालको भारत भ्रमणमा आउन केही दिन मात्रै बााकी रहँदा यहाँको दैनिक पत्रिका हिन्दुस्तान टाइम्सको हिन्दी संस्करणलाई दिएको अन्तरवार्तामा मोदीसँग वैचारिक तथा अन्य पक्षमा फरकपन भएपनि केही विषयमा समानता रहेको उनले बताएका हुन् ।

दाहाले आफू जस्तै मोदी पनि रिस्क लिन चाहने र परम्परागतभन्दा फरक ढंगले काम गर्ने नेता एवं प्रधानमन्त्री भएको समेत बताएका छन् ।

दाहालले भारत भ्रमणको क्रममा आफूले मोदीलाई जनकपुर तथा लुम्बिनीको धार्मिक यात्राको भ्रमणको लागि निम्तो दिनेसमेत अन्तरवार्तामा बताएका छन् । सन् २०१४ मा मोदीले यी ठाउँहरुको भ्रमण गर्ने तय भएपनि अन्तिम समयमा आएर रद्द भएकोले भारतीय पक्ष चिढिएको थियो ।
नेपालमा चीनको प्रभावका सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले नेपाल र भारतको सम्बन्धमा चीन फयाक्टर नभएको समेत बताएका छन् । दाहाल वैचारिक रुपमा चीनसँग नजिक रहेको प्रश्नमा उनले चीनका लागि दुवैको आइडियोलिोजीभन्दा पनि व्यापार र अर्थतन्त्र महत्वपूर्ण रहेको बताएका छन् ।

मधेसवादी दलहरुको मागको सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले संविधान निर्माणको क्रममा आफ्नो पार्टीले ‘नोट अफ डिसेन्ट’ लेखेको र उनीहरुको मागको सम्बन्धमा आफ्नो गम्भीर रहेको उत्तर दिएका छन् ।

दाहालले भारत भ्रमणको मुख्य उदेश्य विश्वासको आधार बनाउनु रहेको समेत बताएका छन् । उनले घुमाउरो पारामा आफू यस अगाडि प्रधानमन्त्री हुँदा गल्ती गरेको समेत स्वीकार गरेका छन् । ‘पछिल्लो दशकको उतार चढावपछि मलाई लाग्छ अब दुई देशको सम्बन्धलाई परिपक्व ढंगले अगाडि बढाउन सकिन्छ,’ दाहालले भनेका छन् ।
इकान्तिपुर बाट

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71