Loading...

काठमाडौं आउँदै बलिउड अभिनेत्री उर्बसी रौटेला

11:06 AM

Loading...
काठमाडौं - पछिल्लो समय बलिउडका कलाकारहरुको नेपाल आगमन बढ्दो छ । यसै क्रममा बलिउड अभिनेत्री उर्बसी रौटेला यही १४ असोज बिहान काठमाडौं आउँदैछिन् ।


युहान इन्टरनेशनल इभेन्टस्को निम्तामा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेशनल इभेन्टसले सोही दिन बेलुकी पख ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’ आयोजना गर्दैछ । 

राजधानीका त्रिपुरेश्वर स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको एनेक्स ‘बी’मा तयार गरिएको भव्य ¥याम्पमा बलिउड अभिनेत्री उर्बसीले क्याटवाक गर्नेछिन् । ‘मोडल क्वेस्ट इन्टरनेशलन नेपाल, सिजन–२’ मा उबर्सी मुख्य सो स्टपरको रुपमा प्रस्तुत हुनेछिन् ।

युहान इन्टरनेशनल इभेन्टसका प्रबन्ध निर्देशक सानु खानका अनुसार मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२ मा युवा र युवती गरी ४० प्रतियोगी छन् । बलिउडको सनम रे, सिंह साव द ग्रेट, ग्रेट ग्राण्ड मस्ती, दक्षिण भारतको मिस्टर इराबाटा जस्ता फिल्मकी अभिनेत्री उर्वसी चर्चित मोडल पनि हुन् । सोही कारण पनि ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपाल, सिजन–२’मा सो स्टपरको रुपमा उबर्सीलाई बोलाईएको खानले बताए ।

बलिउड ¥यापर हनी सिंहको लाभ डोज...र गल बन्गई...जस्ता गीतको भिडियोमा मोडलिङ गरेकी उर्बसी यी गीतको भिडियोका कारण पनि पछिल्लो समय चर्चामा छिन् । उनले काठमाडौंबासी आफ्ना प्रसँसकलाई नमस्कार गर्दै काठमाडौंमा १४ असोजमा भेट्ने बाचा सहितको भिडियो सन्देश पनि युहान इन्टरनेशनल इभेन्टस्लाई पठाएकी छिन् ।

गत वर्ष मोडल क्वेस्ट इन्टर नेशलन नेपालको पहिलो सिजनमा युहानले बलिउड अभिनेत्री हेजेल केचलाई ल्याएको थियो । नेपाली तन्नेरी पुस्तालाई मोडलिङमा स्थापित गर्न आयोजित ‘मोडल क्वेस्ट इन्टर नेशलन नेपालका प्रतियोगीलाई अन्तराष्ट्रिय मोडलहरुसँग एउटै र्‍याम्पमा उतार्न गत वर्ष झै यस पटक पनि बलिउड अभिनेत्री एवं मोडल उर्बसी रौटेलालाई बेलाईएको आयोजक सँस्थाकी अध्यक्ष संजिता श्रेष्ठले बताईन् ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71