Loading...

नेपालगन्जबाट सुर्खेत जाँदै गरेको एक यात्रुबहाक बस देउरालीमा दुर्घटना हुँदा २९ जना घाइते,६ गम्भिर

9:21 PM

Loading...
कोहलपुर भाद्र २६ । नेपालगन्जबाट सुर्खेत जाँदै गरेको एक यात्रुबहाक बस देउरालीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ना ३ ख ४७३५ नम्बरको बस चिसापानी ४ देउराली नजिक दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुमध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


फाइल फोटो

बस सडकबाट करिब ३० मिटर तल भिरमा रुखले अड्याएको छ । घाइतेहरुलाई नेपाली सेना, नेपाल प्रहरीले उद्वार गरेका छन् । घाइतेहरुको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ । घटनास्थल हेर्दा बसले अर्को गाडिलाई ओभरटेक गर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुरेश काफ्लेले बताए । उनले दुर्घटना भएको स्थलमा पानी परेका कारण सडक चिप्लो रहेकाले पनि बस दुर्घटना भएको हुन सक्ने बताए ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71