पुनर्निर्माणका क्रममा रातो मछिन्द्रनाथको मन्दिरमा बहुमूल्य सुनका मूर्ति फेला -
4:24 AM
Loading...
काठमाडौं, असोज ३ – ललितपुरको बुङ्गमतीमा रहेको रातो मच्छिन्द्रनाथको पुनः निर्माणका क्रममा बहुमूल्य सुनका मूर्ति भेटिएका छन् ।
सो मन्दिरको पुनःनिर्माणकाक्रममा उत्खनन् गर्दा गर्वगृहभित्रको जगमा पुरातात्विक महत्वका बहुमूल्य सुनका मूर्ति, रत्नहरु र चाँदीका मूर्ति तथा सिक्का भेटिएको जनाइएको छ ।
गत बैशाख १२ गतेको महाभूकम्पकाक्रममा सो मन्दिर पूर्णरुपमा भत्एिको थियो ।
रातो मच्छिन्द्रनाथलाई लिच्छिवीकालीन राजा नरेन्द्र देवका पालामा बन्धुदत्त तान्त्रिकको सल्लाहमा ललित ज्यापुले कामरुपकामाक्षबाट बोकेर उपत्यका ल्याएको इतिहासमा उल्लेख छ । स्रोतः ईमेज खबर
0 comments