Loading...

५ बोरा अवैध जडीबुटी भारततर्फ लैजाँदै गर्दा १३ वर्षे बालकसहित ३ जना पक्राउ

8:51 PM

Loading...
बैतडी, २४ भदौ : प्रहरीले ५ बोरा अवैध जडीबुटीसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले दशरथचन्द नगरपालिका-१२ को सेराबाट बिहीबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गिरेगडाका ३७ वर्षे उद्धवराम टमाटा, दशरथचन्द नगरपालिका-६ का १३ वर्षे डम्मर कोली र त्यही ठाउँका १४ वर्षे चरण कोली रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।

उनीहरुले अवैध रुपमा भारत जडीबुटी निकासी गर्ने गरेको उनले बताए। सतुवा र कटुकी नामको जडीबुटीसहित उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71