Loading...

उफ महँगी, उस्तै सास्ती : दिवा बस रातमा पनि जोखिमपूर्ण सेवा सेञ्चालन गर्दै

12:45 AM

Loading...
नेपालगन्ज : दसैंतिहार नजिकिँदा विभिन्न कामका लागि गाउँसहर छाडेकामा थातथलो फर्कने हतारो सुरु भइसकेको छ।

अधिकांशको घर फर्किने माध्यम सार्वजनिक सवारी हो तर यही मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु कोच्ने र आफूले पाएको रुटपरमिटको सीमा नाघेर जोखिमपूर्ण सेवा सञ्चालन गर्ने गरेका छन्।

मध्य तथा सुदूरपश्चिमी पहाडी जिल्लामा यात्रुले यस्तो सास्ती झन् बढी खेपिरहेका छन्।

दिवा बस रातमा पनि
मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख हब नेपालगन्जबाट दिवा सेवाका लागि रुट परमिट लिएका बसले रात्रि सेवा दिइरहेका छन्। पहाडी बाटो र दिउँसो चल्ने पुराना बस रात्रिसेवामा हाल्दा यात्रामा जोखिम बढ्ने भए पनि नियामक निकायले यसमा चासो दिएका छैनन्। दसैंलक्षित गरेर अहिले बागेश्वरी, भेरी, मध्यपश्चिम, काँक्रेविहार र राप्ती यातायातले रात्रिसेवा दिइरहेका छन्।

चाडपर्व नजिकिएसँगै नेपालगन्जबाट जुम्ला, कालिकोट, रुकुम, सल्यान, जाजरकोट, रोल्पा, प्युठान र अछाम जाने बसहरु राति चल्छन्। नेपाल राष्ट्रिय यातायात महासंघका भेरी अञ्चल संयोजक टंक बस्याल दिवा बसले रात्रिसेवा दिइरहेको सुनाउँछन्। पहाडी जिल्लामा अहिले रात्रिबस सञ्चालन गर्ने रुट परमिट छैन, तैपनि बस चलिरहेका छन्, उनले भने, छिट्टै रात्रि परमिट लिने तयारी भइरहेको छ। दसैं-तिहार अवधिमा पहाडि जिल्लाको लागि रात्रि सेवाको रुट परमिट लिइने उनले बताए।

नमस्ते नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पौडेलले रात्रि बस जाँदा दिवाका बसले यात्रु पाउन छाडेको बताए। यातायात समिति र ट्राफिक प्रहरी मूकर्दशक बस्दा दिवाका बस रात्रि सेवामा गुडिरहेको उनले जानकारी दिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले यस विषयमा आफूलाई जानकारी नभएको बताए। रुट परमिट यातायात कार्यालयले दिने भएकोले यसको निरीक्षण र अनुगमन पनि सोही कार्यालयले लिनुपर्ने उनको भनाइ छ।

झोलाको पनि भाडा
कामका लागि भारत गएकाहरु दसैं मनाउन फर्कने क्रम चलिसकेको छ। बैतडीको सीमाबजार झुलाघाटबाट फर्किइरहेकाबाट बैतडी-झुलाघाट सडक खण्डमा चल्ने जिपचालकले ढाड सेक्ने गरी मनपरी भाडा असुलिरहेका छन्। यात्रुसँग साना झोलापोकाको पनि अलग्गै भाडा लिइरहेको यात्रुको गुनासो छ। आजकोनागरिक दैनिकमा खबर छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71