Loading...

बैतडीको नरभक्षी चितुवा मार्न खटिएको प्रहरी टोलीलाई खान र बस्न समस्या -

9:45 PM

Loading...
बैतडी, ७ असोज - बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवा मार्नका लागि खटिएको प्रहरी टोलीलाई खान तथा बसोबासको समस्या भएको छ । तल्लोसोराडको उदयदेवमा गएको भदौ महिनामा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान लिएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको थियो।

भदौ १९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको आकस्मिक बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मार्नका लागि तत्काल हतियारसहित नेपाल प्रहरी खटाउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम १५ जना प्रहरीको टोली प्रभावित क्षेत्रमा खटाएको हो। प्रहरीको टोली स्वास्थ्यचौकीको भवनमा बसिरहेको छ भने स्थानीयवासीसँग भाँडाकुँडा मागेर आँफैले पकाएर खाने व्यवस्था गरेको छ । चितुवा मार्नका लागि प्रहरीको टोली खटिएयता चितुवा भने कतै देखा नपरेको बताइएको छ।

प्रहरी सहायक निरीक्षक लोकेन्द्र खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले रातदिन गस्ती गरेको भएपनि नरभक्षी चितुवा भने अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।


चितुवालाई मार्नका लागि क्षेत्रीय प्रहरी कार्यालय दीपायलबाट थप सुरक्षाकर्मी मगाउने जिल्ला सुरक्षा समितिले निर्णय गरेको भएपनि क्षेत्रीयबाट प्रहरी मगाउन प्राविधिक समस्या रहेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिनुभयो । नरभक्षी चितुवा मार्नका लागि खटाइएको प्रहरी टोलीलाई भने अर्को आदेश नभएसम्म उतै बस्न निर्देशन दिइएको छ।

यसअघि पनि चितुवाले मानव बस्ती पसेर लगातार मानिसमाथि आक्रमण गर्न थालेपछि चितुवा मार्न २०६९ सालमा पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वनरक्षकको टोली तल्ल्लोस्वराडमा पठाएको भएपनि चितुवा नभेटिएपछि त्यतिकै फर्किएको थियो ।

बैतडीको तल्लोस्वराडमा २०६८ सालदेखि हालसम्म २२ जनाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । उदयदेव, विशालपुर, महाकाली, पञ्चेश्वर, आमचौरा, गिरेगाडा, समौली, कुलाउ, मेलौली, रोडिदेवल लगायतका तल्लोस्वराडका गाविसका स्थानीय बासिन्दा चितुवाको आक्रमणले त्रसित बनेका छन ।

नेविसङ्घको सचेतनामूलक कार्यक्रम :

यसैबीच, नेपाल विद्यार्थी सङ्घ बैतडीले चितुवाले त्रसित तल्लोस्वराडमा रहेका क्याम्पस तथा विद्यालयमा सचेतनामूलक कार्यक्रम बिहीबारदेखि सुरु गरेको छ । बिहीबार सलेनामा रहेको धरमघर उच्च माविमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

चितुवाले विशेषगरी साँझको समयमा घरमै आँगन तथा घरभित्रै बालबालिका र महिलामाथि आक्रमण गरेको पाइएकाले तल्लोस्वराडका क्याम्पस र विद्यालयमा सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम गरिन लागेको नेविसङ्घले जनाएको छ । चितुवाले त्रसित तल्लोस्वराडका बासिन्दाले आफ्ना बालबालिकालाई विद्यालय पठाउन छोडेका थिए ।

कार्यक्रममा चितुवाबाट कसरी बच्न सकिन्छ, चितुवाबाट बच्न अपनाउन सकिने उपायका बारेमा जानकारी दिइएको नेविसङ्घका जिल्ला सचिव सुरेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । विद्यालयमा गएर चितवाको बासस्थानका बारेमा र कसरी बच्नेसम्बन्धी सन्देश दिइरहेका छौँ, उहाँले भन्नुभयो, "चितुवाबाट त्रसित भएर विद्यालय आउन छोडेका बालबालिकालाई विशेष केन्द्रित भएर कार्यक्रम गरिरहेका छौँ।"

चितुवावाट बच्न साँझतिर छिट्टै भित्र बस्ने, राति पनि बाहिर ननिस्कने, निस्कनै परेमा पनि उज्यालो लिएर बाहिर निस्कने लगायतका सचेतनामूलक सन्देश दिइरहेको समेत उहाँले बताउनुभयो । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71