Loading...

खुर्सानीको धुलो छरेर महन्थ ठाकुरको घरमा चोरी, छोरी घाइते

1:00 AM

Loading...

खुर्सानीको धुलो छरेर महन्थ ठाकुरको घरमा चोरी, छोरी घाइते

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको घरमा चोरीको प्रयास भएको छ । सानोठिमीस्थित ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको हो । त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए ।



पारिवारिक श्रोतका अनुसार साँझपख तीन जनाको समूह ठाकुरलाई भेट्नु भन्दै घरमा प्रवेश गरेका थिए ।


जतिबेला घरमा छोरी डा। मिनाक्षी ठाकुर मात्र थिइन् । चोरहरुको समूहले ठाकुर आँखामा खोर्सनीको धुलो छरेका छन् । त्यसक्रममा उनी लडेर घाइते भएकी छन् र टाउकोमा चोट लागेको छ ।


चोरहरुको समूहले ब्रिफसेस चोरी गर्ने क्रममा केहीबेर खोसाखोस भएको थियो । र, मिनाक्षीको हातमा चोट लागेको बताइएको छ ।


यो खबर बालुवाटारमा रहेका तमलोपा अध्यक्ष ठाकुरका सहयोगी सकेन्द्र मिश्र कहाँ पुग्यो । उनले बैठक कक्षमै प्रवेश गरेर घटनाबारे जानकारी गराएपछि प्रहरी प्रमुखलाई खबर भएको थियो ।


उनको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्रीसहितको टोली पनि आएको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71