Loading...

अब नेपालमै विमान मर्मत हुने, बुद्ध एयरले पायो एमआरओ अनुमति

5:04 AM

Loading...
एटीआर’ तथा ‘बिच’ जहाजहरुको मर्मत सम्भार (एमआरओ) का लागि सरकारले स्वीकृति दिएको छ ।

विमान मर्मत सम्भारका लागि अन्तर्राष्ट्रिय वित्त संस्था आइएफसीको ऋण सहयोगमा केही वर्ष अगाडि बुद्ध एयरले अत्याधुनिक ह्यांगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्र निर्माण गरेको छ।

मन्त्रीस्तरीय निर्णयपछि बुद्ध एयरले अन्य जहाज कम्पनीहरुको विमानमर्मत सम्भार गर्ने बाटो खुलेको छ । विमान मर्मत सम्भारका लागि अब अन्य देशका विमान कम्पनीहरु बुद्ध एयरको ह्यांगरमा आउन सक्नेछन् ।

विमान मर्मत सम्भारका लागि बंगलादेशी निजी विमान कम्पनी नोभा एयरसँग सम्झौता गरिसकेको छ भने भुटानका ड्रुक एयरसँग पनि सम्झौताका लागि तयारी भइरहेको छ ।

एउटा विमान मर्मत सम्भारमा अमेरिकी डलर तीस हजारदेखि लाखसम्म लाग्न सक्छ । बुद्ध एयरले आफ्नाबाहेक अन्य वर्षमा ७ देखि ८ वटा विमानको मर्मत सम्भार गर्न सक्छ ।

विमान मर्मत सम्भारका लागि ३७ हजार स्क्वायर फिटको ह्यांगर रहेको छ । जसमा अत्याधुनिक मेशिन, टुल तथा जगेडा पार्टपुर्जाका लागि वातावरणीय स्टोर पनि रहेको छ ।

जहाज मर्मत सम्भारका लागि वर्षेनी करोडौं डलर बाहिरिरहेको छ । बुद्ध एयरको यो प्रयासले विदेशी मुद्रा आर्जन गर्ने थप बाटो खुलेको छ साथै सरकारी राजस्वमा पनि टेवा पुग्ने कम्पनीले जनाएको छ ।

एटीआर विमानको प्रयोग दक्षिणी एसियामा निकै बढेको छ । छिमेकी मुलुक भारत, बंग्लादेश र भुटानका यसका उदाहरण हुन् ।

बुद्ध एयरका वरिष्ठ इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ भन्छन्- ‘हामीसँग विमान मर्मत सम्भारका लागि १४६ जनाको दक्ष अनुभवी कर्मचारीहरु छन् । उनका अनुसार दक्षिण एसियाका अन्य मुलुकहरुलाई पनि नेपाल सजिलो, सस्तो र पायक हुने देखिन्छ ।’

सरकारले करमा सहुलियत दिने हो भने अन्य देशका विमान कम्पनीहरु पनि नेपाल आउने पक्कापक्की रहेको कम्पनीले जनाएको छ । यसका लागि बुद्ध एयरले लिखित रुपमै सरकारसँग अनुरोध गरेको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71