Loading...

आयुर्वेद उपचारप्रति आर्कषण बढेको अवस्थामा यस क्षेत्रको विकृति रोक्नुपर्नेमा सरोकारवालाहरुले जोड

6:57 AM

Loading...



रुपन्देही २२ भदौ -पछिल्लो समयमा आयुर्वेद उपचारप्रति आर्कषण बढेको अवस्थामा यस क्षेत्रको विकृति रोक्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन ।

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको चौथो लुम्विनी अञ्चल अधिबेशनमा सहभागि आयुर्वेद क्षेत्रका डाक्टरहरु, स्वस्थ्यकर्मीहरु तथा औषधी उत्पादक कम्पनीका प्रतिनिधिहरुले स्वास्थ्य क्षेत्रमा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको र सहज पहुच भित्र पर्दै गएको चर्चा गर्दै यस क्षेत्रको विकृति रोक्नुपर्नेमा जोड दिएका छन ।

अञ्चलका ६ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा सडकमा जताततै हुने औषधीको विक्रि रोक्नुपर्नेमा सहभागिहरुले जोड दिए । सडक किनारमा माइकिगं गर्दै विक्रि गरिने औषधीको प्रयोग सहि तरिकाले हुन नसक्ने र यसले रोग निको पार्ने भन्दा झन जटिलता थप्ने हुदा यस किसिमका विक्रि रोक्नुपर्नेमा सहभागिले जोड दिए ।

उनीहरुले आयुर्वेदिक क्षेत्रमा काम गर्नेहरु एकजुट हुनुपर्ने र आयुर्वेद उपचार पद्धतीको महत्वका बारेमा चेतना विस्तारमा लाग्नुपर्नेमा पनि जोड दिए । कार्यक्रममा वोल्दै समाजका केन्द्रीय अध्यक्ष तिर्थराज आर्चायले झोला झोलामा र गाडीहरुमा औषधी राख्दै विक्रि गर्दै हिड्ने पनि औषधी ब्यवसायी संघको सदस्य बनेको अवस्था रहेको भन्दै सुद्धिकरणमा लाग्नुपर्ने आवश्यकता औल्याए । उनले विकृति विंसगति रोक्न प्रहरी प्रशासनको सहयोग लिनुपर्नेमा जोड पनि दिए ।

समाजका रुपन्देही अध्यक्ष ध्रुव भण्डारीले आयुर्वेद्ध क्षेत्रको महत्व बढ्दो रहेको र यसतर्फ आर्कषण पनि बढेको चर्चा गर्दै यसको गरिमा बढाउन आयुर्वेदकर्मीहरु लागि पनुपर्नेमा जोड दिए । उनले औषधी जस्तो बस्तुलाई तरकारी विक्रि गरेजस्तै सडक किनारमा विक्रि हुने गरेको भन्दै यसले आयुर्वेद क्षेत्रलाई असर पु¥याएको भन्दै विकिती रोक्नु अहिलेको आवश्यकता रहेको बताए ।

औषधी उत्पादक कम्पनीका तर्फबाट वोल्दै यमलाल भट्टराईले आयुर्वेदीक क्षेत्रलाई सरकारले पनि महत्व दिनुपर्ने र वजेट पनि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा वोल्दै आयुर्वेद डाक्टरहरु डाक्टर डिके धिताल, डाक्टर रेवतीरमण पौडेलले आयुर्वेदिक क्षेत्रको महत्व दिनप्रतिदिन बढ्दै गएको बताए । लुम्विनी अञ्चल आयुर्वेद औषधालयका बैद्य तथा समाजका सदस्य विष्णुहरि आर्चायले आयुर्वेदिक क्षेत्रको गरिमा अझ उचो बनाउन आयुर्वेदकर्मीहरु एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । आचार्यका अनुसार कार्यक्रममा ६ जिल्लाका ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा समाजका पूर्व केन्द्रीय सदस्य गोकुल पराजुली, अञ्चल अध्यक्ष राजेन्द्रप्रसाद राय, गुल्मीका प्रतिनिधि नरहरी अर्याल, नवलपरासीका डिलाराम कडेल, कपिलवस्तुका मोहन गौतम, नवलपरासीका विष्णु ढकाल, पाल्पाका गणेश भट्टराइलगायतले वोल्दै आयुर्वेदकर्मीहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले आयुर्वेद क्षेत्रको महत्वलाई सबै सामु बुझाउनुपर्नेमा जोड पनि दिएका थिए ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71