Loading...

ललिपुरमा मोबाइल एक्स्पोको उद्घाटन, हरेक मोबाइलको बिक्रीबाट महाविर पुनको आविस्कार केन्द्रलाई १० रुपैया दिईने

9:45 AM

Loading...
ताजा खबर काठमाडौं । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्स्पोको शुरु भएको छ । ललितपुर मल तथा मोबाइल कम्प्लेक्सको प्रथम वार्षिकोत्सवको अवसर पारेर शुक्रबार मोबाइल एक्स्पोको उद्घाटन गरिएको हो । एक्स्पोको उद्घाटन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन बहादुर शाही, सूचना प्रविधि अभियन्ता महाविर पुन र हाँस्य कलाकार दिपाश्री निरौलाले संयुक्तरुमा गरेका थिए ।असोज ३ गेत सम्म चल्ने एक्स्पोमा ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजना दिइने आयोजकले बताएको छ । मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट दिइने ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोतम बस्नेतले जानकारी दिए । एक्सपोमा विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा ग्राहकले लिनसक्ने छन् ।

मोबाइल एक्स्पोमा आउने अवलोकनकर्ताहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् । एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र कुपन प्राप्त गर्नेछन र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई विभिन्न आकर्षक उपहारहरु दिईनेछ । एक्स्पो प्रवेश निशुल्क रहने छ ।

मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सय रुपैया देखि एक लाखसम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।
प्रत्येक मोबाइलको विक्रिबाट महाविर पुनको अविस्कार केन्द्रलाई १० रुपैया दिइने

ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा सूचना प्रविधि र मोबाइलको विकास गर्न कम्प्लेक्सले महाविर पुनको अभियानलाई सहयोग गर्ने हरेक मोबाइलको विक्रिबाट आएको मध्य १० रुपैया महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई दिने घोषणा गरे । मोबाइल कम्प्लेक्सले १ वर्षसम्म प्रत्येक मोबाइलको बिक्रीबाट आएको रकम पुनलाई प्रदान गर्ने बताएको छ ।
त्यसैगरी ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले पुनको आविस्कार केन्द्रलाई एक वर्षसम्म सहयोग गर्ने र त्यसको लागि हरेक पसलबाट मासिकर एक सय रुपैया उठाउने प्रतिबद्धता जनाए । कार्यक्रममा महाविर पुनले देशमा सुचना प्रविधिको विकास गर्नुपर्ने भन्दै नेपालबाट हुने ब्रेनड्रेनलाई रोक्नका लागि केन्द्रको स्थापना गरिएको बताए । उनले सबैलाई सहयोग गर्न आग्रह समेत गरे ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71