Loading...

नेपाली क्रिकेटर सन्दीप लामिछाने भन्छन्, क्लार्कसँगको त्यो भेट मेरा लागि महत्वपूर्ण

6:51 PM

Loading...
काठमाडौं, २४ भदौ : सन्दीप लामिछाने-१६, नेपाली क्रिकेट टिमका उदाउँदा स्टार हुन्। लेग स्पिनर लामिछाने अहिले फेरी चर्चामा छन्।


असट्रेलियन क्रिकेटर माइकल क्लार्कले आफ्नो एकेडेमीका लागि लामिछानेलाई बोलाएका छन्। उनले त्यहाँ पहिलो श्रेणीको क्लबस्तरीय पतियोगिता पनि खेल्नेछन्। गत मेमा हङकङमा भएको एक प्रतियोगिताको दौरान लामिछानेको खेलबाट क्लार्क प्रभावित भएका थिए। क्लार्कसँग त्यो भेटबारे यसरी भनेका छन्।

हङकङ क्रिकेट एसोसियसन एचकेसिएले आयोजना गरेको टी-२० ब्लिटुज टुर्नामेन्टको आयोजकले निमन्त्रणामा हङकङ जाने मौका जुर्यो।

गत मे २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा चार टालीले सहभागिता जनाएका थिए। मलाई क्लोलोन क्यान्ट्न्सले बोलाएको थियो। हङकङ उड्नु सात दिनअघि क्यान्ट्न्सको कप्तानी अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कले गर्ने भएपछि थप उत्साहित बनें। किनकि, अस्ट्रेलियाका पूर्वकप्तानसँग खेल्न पाउनु मेरा लागि ठूलो अवसर थियो।

हङकङ पुगेको दिन अर्को खुसी थपियने। क्ध्लार्क र म एउटै होटलमा बस्दै थियौं। उनी साँझतिर हङकङ आएपनि पहिलो दिन भेट भएन। भोलिपल्ट अभ्यासमा जानका लागि आयाजकले क्लार्क र मलाई एउटै गाडी उपलब्ध गराएको थियो।

अभ्यासमा जाने क्रममा क्लार्कसँग पहिलोपटक गाडीमा भेट भयो। सामान्य परिचयपछि क्लार्कले मप्रति निकै चासोका साथ प्रश्न गर्न थाले।

हामीले नम्बर तथा ट्वीटरमा एक-अर्कालाई फलो गर्यौं। ह्वाट्स एपमा पनि साथी बन्यौं। उनले मेरो बलिङ पोजिसन र उमेरबारे जिज्ञासा राखे।

पहिलो दिनमै अभ्यास खेलमा क्लार्क मेरा खेलबाट प्रभावित भए। उनले मेरो खेल मन पराए। मेरो बलिङ एक्सनको प्रशंसा गर्दै उनले केही महत्वपूर्ण टिप्स दिए। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71