Loading...

ट्याक्सीको नम्बर वितरण गर्दा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने -

4:20 AM

Loading...
ललितपुर, ३ असोज । भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नम्बर वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ ।

निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोला प्रथाबाट छनोट गर्न लागेको हो । धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएका छन् ।

एक महिनाको अवधिमा झन्डै डेढ लाख प्रभावितले ट्याक्सीको फारम भरेका थिए । तीमध्ये एक हजार ५०० ले मात्रै गोला प्रथाबाट नयाँ ट्याक्सीको नम्बर पाउनेछन् ।

अभिलेख राख्ने काम सकिएको विभागअन्तर्गतको साना–ठूला सवारी शाखाका प्रमुख हरि लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले यसअघि फाइल व्यवस्थित गरिरहेका थियौँ र अहिले कम्प्युटरमा अभिलेख राख्न थालेका छौँ ।” नयाँ ट्याक्सीका लागि निवेदन दिएका प्रभावितलाई दर्ता नम्बर दिइने भएको छ ।

नयाँ ट्याक्सीको नम्बरका विषयमा मात्रै निर्णय भएको छ । ट्याक्सी किन्दा सहुलियत दिने विषयमा कुनै निर्णय भएको छैन । लामिछानेले भन्नुभयो – “बजारमा ट्याक्सी किन्दा पनि छुट पाउने हल्ला गरे पनि वास्तवमा त्यो निर्णय भएको छैन ।

भूकम्प प्रभावितलाई राहत दिने उद्देश्यले मन्त्रालयस्तरीय निर्णयका आधारमा यातायात व्यवस्था विभागको वाग्मती अञ्चल कार्यालयले नयाँ ट्याक्सी नम्बर वितरण गर्न लागेको हो । रासस

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71