Loading...

विद्युतीय ऊर्जालाई घटाउँद ३ सय ८ वटा सोलार बत्ती पोल बुटवलमा राखिदै

4:41 AM

Loading...
रुपन्देही ८ असोज -सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जालाई घटाउँदै सरकारले विभिन्न सहरहरूमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियान चलाएको भैरहेको बेला बुटबलमा पनि यो अभियान तिब्र गतिमा चलिरहेको छ  ।

बुटवलमा अहिले सडकमा सौर्य बत्ती लगाउने काम गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् बुटवल उपमहानगरपालिकामा मात्रै ५५ वटा सौर्य प्रणाली जडित पोल राखिएको थियो । बुटवल उपमहानगरपालिकाका योजना अधिकृत डोलराज पौडेल भन्दछन ‘दोस्रो प्याकेजअन्तर्गत ३ सय ८ वटा सोलार बत्ती पोल बुटवलमा राखिँदै छ ।

बुटवल उपमहानगरपालिकाले सडक बत्तीमा सयौँ युनिट विद्युत् खपत गर्दै आएको छ । सो विद्युत्को प्रयोग घटाउँदै वैकल्पिक ऊर्जाको विकासका लागि सौर्य बत्तीको अवधारणा ल्याइएको हो ।

एक वर्षअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा बुटवलका अमरपथ लगायतका क्षेत्रमा ५५ वटा सोलार बत्ती जडान भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सौर्य बत्ती जडानका लागि ४० प्रतिशत अनुदान दिएको थियो । उपमहानगरपालिकाले र समुदायले ३०–३० प्रतिशत लगानी गरेका थिए ।

गएको आर्थिक वर्षमा अनुदान आएका ३ सय ८ वटा सोलार बत्ती असोज महिनाभित्रै जडान गरी सक्ने योजना रहेको अधिकृत पौडेलले जानकारी दिए । दोस्रो प्याकेजअन्तर्गत आएका ३ सय ८ सोलार बत्तीमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अनुदान रहेको छ ।

You Might Also Like

0 comments

loading...
http://www.terraclicks.com/watch?key=f267318fe73886271f465cad9dff0b71