फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि एजेन्टलाई गोली हानी मारेको आरोप read more news
10:01 PM
Loading...
मनिला, ३१ भदौ - फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ । इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले उक्त आरोप लगाएका हुन्।
गैरन्यायिक हत्यासम्बन्धमा संसदको माथिल्लो सदनमा बयान दिदैं उनले यस्तो अभिव्यक्ति दिएका हुन् । संसदको माथिल्लो सदन सिनेटले उक्त हत्याकाण्डको छानविन गरिरहेको छ । डुटेर्टेले आफू र अरुलाई २५ वर्ष लामो अवधिमा करिब हजार अपराधी वा राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न अह्राएको माटोबाटो नाम गरेका ‘डेथ स्क्वाड’ का कथित ती सदस्यको भनाइ छ।
तर डुटेर्टेका एक प्रवक्ताले भने त्यो आरोपका खण्डन गरेका छन् । राष्ट्रपतिका प्रवक्ता मार्टिन अनडानरले डुटेर्टेको मेयर कार्यकालबारे गरिएका अनुसन्धानहरु असफल भइसकेको बताए। डाभोओ डेथ स्क्वायड नामक कुख्यात भिजिलान्ते समूहले सयौं मानिसको हत्या गरेको मानिएको छ।
५७ वर्षीय माटोबाटो आफूलाई त्यसको सदस्य रहेको दाबी गर्दछन् । उनले भने, लागू औषध बेच्ने, बलात्कारीहरु, लुटेराहरुजस्ता अपराधीको हत्या गर्नु हाम्रो काम थियो, डुटेर्टेका विरोधीहरुलाई पनि निशाना बनाइएको थियो । (एजेन्सी)
0 comments