पौडीमा गौरिका सिंहको कीर्तिमान तोड्दै निहारिका तुलाधरले राखिन नयाँ राष्ट्रिय कीर्तिमान
11:55 PM
Loading...
काठमाडौं, ८ असोज - ओपन महिला ५० मिटर ब्रेस्टस्ट्रोक पौडीमा निहारिका तुलाधरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। निहारिकाले शुक्रबार ३८ दशमलव ६ सेकेन्डमा निर्धारित् दूरी सकाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
निहारिकाले गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा ३९ दशमलव ३३ सेकेन्डमा गौरिका सिंहले बनाएको कीर्तिमान तोडेकी हुन्।
नेपाल पौडी संघको आयोजनामा सातदोबाटो अन्तर्राष्ट्रिय पौडीपोखरीमा आयोजित छैटौं एनएसए खुल्ला पौडी प्रतियोगिताका क्रममा निहारिकाले कीर्तिमान राखेकी हुन्।
0 comments