गीत संगीत को लागी जन्मेको म गीत संगीत मै समर्पित होस जिवन। गीतकार शंकर अधिकारी घायल। watch video
10:09 AM
Loading...
काठमाडौं २९ भदौ | मनमा लगाव अनि धैर्य भए कसैले पनि सफलता लाइ रोक्न सक्दैन भन्ने उदाहरण हुन गीतकार ,चलचित्र लेखक अनि निर्देशक शंकर अधिकारी घायल। बाल्यकालमा अभाव को जिन्दगी सौतेनी पिता अनि जिन्दगी डोर्याउने र जिउने एउटा धोको। सानैमा आफ्नो पिताको माया बाट बन्चित भएर बाचेको जिन्दगी अनि अर्थबिहिन यात्री । सुन्सरी को झुम्का मा जन्मिएर आफनो पिता खोज्दै काठमाडौ आए पछि केहि राहत मिलेको थियो। त्यही दौरान 2044 सालमा बिबाह भए पछि केहि खुशियाली छायो घायलको जिवनमा अनि सानैमा आफुमस भएको लेख्ने कला जुरमुराउनु पुग्यो ।मैदान चलचित्र मा गीत लेखे पछि उनि गीतकार बन्न पुगे। दादागिरी चलचित्र को तिम्रो आखामा बस्ने रहर भो मलाइ अनि मेरि बास्सैको शिर्ष गित लेखे पछि घायल चर्चित त बने तर उनको जिवनमा कालो बादल मडारियो। सानो सानो कुरामा घरमा सन्का गर्न थालियो जस्को नतिजा उनको पारिवारिक जिवन लथालिङ्ग हुन पुग्यो । हाल नितान्त एक्लो जिवन बाची रहेका घायल ले आफ्नो यात्रा रोकेका छैनन। गीत ,संगीत चलचित्र लेखन हुदै हाल निर्देशन मा ब्यस्त हुन थालेका छ्न । दुख पर्यो भन्दैमा आत्तियो भने जिवन मा सफलता कहिले मिल्दैन। यसरी नै अगाडि बढी रहे अझै सफलता मिल्ने छ। हाम्रो पनि सुभकामना।
0 comments